दैलेख रेडक्रसको चरम लापरवाही, सूचनामा एउटा शुल्क, रसिदमा एउटा शुल्क

मातृभूमी संवाददाता । १० भदौ दैलेख
नेपाल रेडक्रस सोसाइटि दैलेखले सूचनामा एउटा र शुल्क लिदा फरक लिएको पाईएको छ । नेपाल रेडक्रस सोसाइटि दैलेखले २०७७ भदौ ५ गते प्रकाशन गरेको सरसफाई तथा स्वच्छताका सामाग्री खरीद सम्वन्धी सूचनामा फर्म खरीदका लागी एउटा शुल्क उल्लेख गरिएको र लिदा खेरी फरक शुल्क लिएको पाईएको हो ।
नेपाल रेडक्रस सोसाइटि दैलेखले प्रकाशन गरेको सूचनाको ३ नं. मा बोलपत्र फाराम शुल्क २ सय लेखिएको भएपनि शुल्क लिदा १ हजार लिएको छ । सूचनामा एउटा शुल्क र लिदा अर्काे शुल्क लिएको गुनासो आउँदा मातृभूमी संवाददाताले यस विषयमा वुझ्दा रेडक्रस दैलेखका प्रतिनिधीले आफुहरुको गल्ती भएको वाहेक अन्य जवाफ दिएनन् ।
सूचना प्रकाशन गरेको ६ दिन पुगी सक्यो अहिले सम्म गल्ति सच्याउनु भएन किन ? भन्ने हाम्रो प्रश्नमा कार्यालयमा रहेका प्रतिनिधीले सार्वजनिक खरिद ऐनको घमण्ड देखाएका थिए । आज सम्म किन गल्ति नसच्याएको भन्दा उनले सूचना र वोलपत्र फाराम दुवैमा गल्ति भएको र सूचना फेरी प्रकाशन गर्ने की के गर्ने भन्ने विषयमा छलफल गरिने वताए ।
सूचना प्रकाशन भएको ६ दिन पुग्दा सम्म दैलेख रेडक्रसले गल्ति नसच्याउनु रेडक्रसको चरम लापरवाही भएको डि.आर. कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रतिनिधीले वताए । उनले भने, ‘वोलपत्र फाराम किन्न जाँदा समेत खासै वास्ता नगरेको र सूचनामा एउटा शुल्क र लिदा अर्काे शुल्क लिनु रेडक्रस दैलेखको गलत नियत हो । किन जनतालाई भ्रममा पारीयो ।’
साथै वोलपत्र फाराम किन्न गएका सप्लायर्सहरु वुधवार दिउँसो रित्तै हात फर्किएका थिए । उनीहरु १ हजारको रसिद मात्र काटिएको तर वोलपत्र फारम नदिएको र भोलि आउनु भनेर फर्काएको वताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *