अत्याधिक रक्तश्राव भएपछि दैलेखमा सुत्केरीको मृत्यु

मातृभूमी संवाददाता । १३ भदौ दैलेख
दैलेखको ठाटीकाँध गाउँपालिकामा अत्याधिक रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु भएको छ । ठाँटिकाँध १ सिराडीकी २३ वर्षीया पार्वती शाहीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएपछि गाउँपालिका स्थित स्वास्थ्य केन्द्रमा तालाबन्दी गरिएको छ । दरबन्दीका डाक्टर स्वास्थ्य केन्द्रमा नभएकाले उपचारको अभावमा सुत्केरी शाहीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको स्थानीयले बताएका छन् ।
गाउँपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भदौ १२ गते सुत्केरी भएकी शाहीलाई रक्तश्राव नरोकिएपछि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा वाटोमै मृत्यु भएको हो । राति १२ बजे मात्रै अस्पताल पु¥याइएको थियो । सुत्केरी शाहीले समयमै उपचार नपाउँदा मृत्यु भएको उनका जेठाजु टेकवहादुर शाहीले बताए ।
स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज लक्ष्मी रावतले आवश्यक सामग्री र डाक्टर नहुँदा उपचारमा कठिनाई भएकाले सुत्केरी बचाउन नसकिएको बताईन् । स्वास्थ्य केन्द्रमा डाक्टर नभएकाले पनि उपचारमा समस्या देखिएको थियो । सुत्केरीको मृत्युपछि स्थानीयले स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका हुन् । मृतक शाहीको शव स्वास्थ्य केन्द्रमा राखिएको छ भने बच्चाको अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *