दैलेखमा शिक्षक मृत भेटिए
मातृभूमी संवाददाता । १३ भदौ दैलेख
शनिवार विहान दैलेखमा एक शिक्षक मृत अवस्थामा फेला परेका छन् । उनको शव छामघाट खोलाको वगरमा भेटिएको थियो । मृत अवस्थामा फेला परेका शिक्षक महावु गाउँपालिका २ बडाखोला घर भएका ५७ वर्षिय भिम वहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।
उनी वडा नं. २ मै रहेको नेपाल राष्ट्रिय आधारभुत विधालयमा कार्यरत थिए । उनको शवको शनिवार नै जिल्ला अस्पतालमा पोष्टमार्टम गरि परिवारलाई वुझाईएको दैलेख प्रहरी प्रमुख डिएसपी हरिवहादुर वलीले जानकारी दिए । शिक्षक खड्काको भव्यतव्यका कारण नै ज्यान गएको हुन सक्ने आशंका गरिएको डिएसपी वललीको भनाई छ । शिक्षक खड्काका परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दायर गरेका छन् ।