जिल्लाको प्रचारप्रसार गर्दै दैलेख जेसिज
मातृभूमी संवाददाता । १६ भदौ दैलेख
दैलेख जिल्लाको पहिचानमामा दैलेख जेसिज लागिपरेको छ । हुने गरेका कार्याक्रम होस् या कुनै नागरिकलाई आपत विपद्मासमेत सहयोग गर्दै आएको दैलेख जेसिजले जिल्लाको पहिचानको लागि जिल्लामा रहेका ऐतिहासिक पुरातात्वीक सम्पदाको पहिचानसँगै जिल्लाको पहिचानमा जुटेको छ ।
सांस्कृतिक सम्पदाले भरीभराउँ दैलेखको आफ्नै महत्व रहेको र यसको पहिचानको लागि दैलेख जेसिज लागि परेको पाइएको छ । जिल्लामा रहेकका हरेक सम्पदाको पहिचान गर्ने सके मात्र दैलेखलाई समृद्धीको बाटोमा लम्काउन सकिने कुराको हेक्का राख्दै जिल्लाभित्र भएका हरेक सम्पदा पहिचान गर्नुपर्ने भएकाले दैलेख जेसिजले होडिङ बोर्ड राख्ने कार्यक्रम तय गरेको हो ।
जसमध्ये जिल्लाका मुख्य ठाउँ गराँसे, डुङ्गेश्वर, बेलासपुरमा सोमबार बोर्ड राखिएको दैलेख जेसिज २०२० का अध्यक्ष प्रकाश पौडेलले बताए । जिल्लाभित्र रहेका ऐतिहासिक सम्पदा झल्काउने चित्रसहितको होडिङ बोर्ड राखिएको छ ।
जिल्लामा आउने आगन्तुक पर्यटकहरुले जिल्लाभित्र रहेका हरेक सम्पदा हेर्न पाउन् भन्नको लागि कुन सम्पदा कहाँ पर्छ भन्ने खालको सन्देश होडिङ बोर्र्डले दिने र उनिहरु छिटो छरीतो हेर्न पाउने भएकाले दैलेख जेसिजले यो कार्यक्रम सुरुवात गरेको जनाएको छ ।
जिल्लामा विगतका वर्षहरुमा त्यति धेरै काम नभए पनि जेसिज २०२० ले भने कोरोनाको कहरमै पनि नागरिकलाई मौसमी रुघाखोकी, कोरोना लगाएतका अन्य धेरै रोगबाट बच्नको लागि सूचित पार्नेदेखि होडिङबोर्ड राख्नेसम्मका धेरै काम गर्दै आएको जिल्लाभित्रका नागरिकले बताउँने गरेका छन् ।