पहिरो पिडितका लागी गुराँसले वनायो नयाँ घर
मातृभूमी संवाददाता । १९ भदौ दैलेख
गुराँस गाउँपालिका २ पुडेनीमा गाउँपालिकाले पहिराे पिडितलाइ नयाँ घर निर्माण गरिदिएकाे छ । गाउँपालिकाले पुडेनीका १४ घर परिवारका लागी नयाँ घर निर्माण गरिदिएकाे हाे । गाउँपालिकाले नयाँ घर निर्माण गरीदिएपछि आफ्नो परिवारमा खुसीयाली छाएकाे जयबहादुर ओलीले वताए । गत वर्षको असारमा आएको पहिरोले गाउँ नै जोखिममा परेपछि उनीहरू विस्थापित बनेका थिए । नयाँ घरमा सरेपछि न पहिरोको चिन्ता हुनेछ न कुनै प्रकोपको उनले भने ।
उनी मात्र होइन, पुडेनीका १४ परिवारका लागि गाउँपालिकाले नयाँ घर बनाएको छ । भुकम्प प्रतिरोधी घरमा बस्रुन पाउने भएपछि १४ घरका ९० जनाले गत वर्ष पाएको पहिरोको सास्ती विर्सन थालेका छन् ।
‘गत वर्ष एउटै त्रिपालमा ७ जनाको परिवार कष्टका साथ बस्नुप¥यो,’ उनले भने, ‘नयाँ घर बनेपछि पहिरोको सबै पीडा भुलियो ।’ उनका अनुसार २०७६ साल असारमा गाउँमाथिबाट खसेको पहिरोले पुडेनीका अधिकांश घरमा क्षति पु¥याएको थियो । बजार नजिक नमुना घर बनेपछि जीवन स्तर सहज हुने उनको अपेक्षा छ ।
गाउँपालिकाले पहिरो पीडितका लागि आवास निर्माण गरेपछि वर्षायाममा सास्ती खेप्नुपर्ने बाध्यता हटेको स्थानीय लालमती सुनारले बताइन् । ‘गत वर्षसम्म आकाशबाट पानी पर्न थाले त्रिपाल टाँगेर बस्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘अब ढुक्कले आफ्नै घरमा बस्न पाइने भयो ।’ पहिरोले खेतबारी बगाएपछि छाक टार्न भने समस्या भएको उनको गुनासो छ ।
स्थानीय सरकारले आफुहरुका लागी घर निर्माण गरिदिएपछि सिंहदरवारको अनुभुति भएको लालमतिले वताईन् । उनले त्रिपालको वास वस्न नपर्ने भन्दै आफ्नै गाउँघरमा सिंहदरवार आउँछ भन्थे यहि पो हो की भन्दै प्रश्न गरिन् ।
गाउँपालिकाले सबै परिवारका लागि २ कोठाको घर बनाइदिएको हो । बत्ती, पानी र शौचालयको व्यवस्था पनि गाउँपालिकाले गर्ने अध्यक्ष खेमराज ओलीले बताए । उनका अनुसार गाउँपालिको ३५ लाख र प्रदेश सरकारको विशेष अनुदान अन्र्तगतको २५ लाख रुपैयाँमा पहिरो पीडितका लागि आवास निर्माण भएको हो । जसमा स्थानीयले ८ लाख रुपैयाँको श्रमदान गरेका छन् ।
विस्थापितलाई घर बन्ने अवधिभर सोलार र त्रिपालको व्यवस्था गरेर राखिएको गाउँपालिकाले जनाएको छ । सार्वजनिक जग्गा खोज्न समय लागेकाले घर बनाउन ढिलाइ भएको गाउँपालिका अध्यक्ष ओलीले बताए । ‘विस्थापितहरुको घर र जग्गा नजिकै बनाउन खोजिएकाले पनि ढिलोगरी आवास निर्माण भएका हुन्,’ उनले भने, ‘सबै घर बनिसकेका छन्, छिट्टै पहिरो पीडितलाई हस्तान्तरण हुने र पिडितहरु नयाँ घरमा वस्न पाउनेछन् ।’