कोरोना जोखिम न्यूनिकरणका उपाय अपनाउँदै नौमूले

मातृभूमी संवाददाता । २१ भदौ दैलेख
विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरसको संक्रमणलाई समुदाय स्तरमा फैलिन नदिन नौमूले गाउँपालिकाले विभिन्न उपाय अपनाउन थालेको छ । कोरोना संक्रमणले गर्दा देश नै थला परिरहेका वेला नौमूले गाउँपालिकाले कोराना रोकथामका लागि विभिन्न उपाय अपनाउन थालेको हो ।
नौमूले गाउँपालिकाले विदेशवाट भित्रिने नौमूलेका नागरिकका लागि नौमूले गाउँपालिका १ तोलीमा क्वारेन्टीन निर्माण गरी कोरोना रिपोर्ट आउने वेलासम्म त्यही वस्ने व्यवस्था मिलाउन लागिएको गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले वताए । कार्यपालिकाको निर्णय अनुसार तोलीको डाडाँमा क्वारेन्टीन निर्माण गर्न लागिएको अध्यक्ष वुढाले वताए । अध्यक्ष वुढाका अनुसार यहि महिनाको अन्तिमसम्म क्वारेन्टिन निर्माण गरी भारत लगाएत तेस्रो मुलुकवाट नौमूलेमा भित्रिने नागरिकलाई त्यही वस्ने व्यावस्था मिलाइनेछ ।
उनका अनुसार कोरोना कहर कम भैरहेको भएपनि समुदाय स्तरमा संक्रमण नफैलियोस् भन्नका लागी विभिन्न उपायहरु अवलम्वन गरिएको हो । गाउँपालिकाले विगतका दिनमा पनि नौमूलेको सिमानामा गाउँपालिका भित्रिने नागरिकको चेकजाँच गर्न स्वास्थ्यकर्मीको टोलि खटाएको थियो । कोरोना संक्रमणको जोखिमवाट वच्न विभिन्न उपाय अपनाउँदै आएको गाउँपालिकाले दशै र तिहार लक्षित गरी गाउँपालिकामा भारत तथा तेस्रो मुलुकवाट आउने नागरिवाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै क्वारेन्टिन र आइसोलेसनको निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले जानकारी दिए ।
साथै नौमूलेको गाउँपालिकाका र नारायण नगरपालिकाको सिमा क्षेत्र झिल्केमा दशै तिहार नजिकिदै गर्दा आउ जाउमा नागरिकको चहल पहल वढि हुने भएकाले पनि त्यस क्षेत्रमा थप व्यवस्थापनमा गाउँपालिकाले चासो दिने अध्यक्ष वुढाले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *