नौमूलेको उत्तिसेनीमा निरन्तर पहिरो जाँदा गाउँ नै उच्च जोखिममा
मातृभूमी संवाददाता । २५ भदौ दैलेख
दैलेखको नौमूले गाउँपालिका ४ उत्तिसेनीमा निरन्तर पहिरो जाँदा गाउँ नै उच्च जोखिममा रहेको छ । नौमूले गाउँपालिका ४ उत्तिसेनीमा २०७४ सालदेखी निरन्तर पहिरो जाँदा यहाँका २४ घर उच्च जोखिममा परेका हुन् । तिन वर्ष देखी निरन्तर पहिरो जाँदा यस अघि नै ६ घर वगिसकेका छन् भने अन्य घर पहिरोको उच्च जोखिममा रहेका छन् । हाल सम्म कुनै पनि मानवीय क्षति नभएपनि निरन्तर पहिरो जाँदा २४ घरपरिवार विस्थापित हुनुपर्ने स्थिति आएको नौमूले गाउँपालिका ४ का वडाध्यक्ष गजवहादुर ढेंगा मगरले वताए ।
वडाध्यक्ष ढेंगा मगरले भने, ‘गाउँ तलवाट निरन्तर पहिरो गैरहेको छ । गाउँ माथिवाट जमिनले ठाउँ छोडिसकेको छ । पहिरो कतिखेर जान्न यसै भन्न सकिने अवस्था छैन । यहाँका नागरिक राति पानी पर्न थाले घरको ढोका नजिक आएर वस्ने गरेका छन् । पानी पर्दा भाग्नलाई कता नजिक पर्छ भनेर रात काटिरहेका छन् ।’
नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले यस अघि नै ६ घर पहिराले वगाईसकेको र वाँकी २४ घर पहिरोको उच्च जोखिममा रहेको वताए । गाउँपालिकावाट अनुगमनमा गएको टोलिले सवै निरिक्षण गरेको र पिडित परिवारलाई राहतका लागी पहल भैरहेको अध्यक्ष वुढाले वताए । उनले पिडित परिवारलाई राहतका लागी कर्णाली प्रदेश सरकार, संघिय सरकारसँग अनुरोध गर्नुका साथै गाउँपालिकाले वस्तीलाई सुरक्षित स्थानमा सार्नका लागी आवश्यक पर्ने सवै काम गरिने वताए ।
नौमूले गाउँपालिकाका उपाध्यक्ष अमृता सिंहले स्थलगत अनुगमन गरिएको र वस्ती नै उच्च जोखिममा रहेको वताईन् । उनले जोखिममा रहेको वस्ती स्थानान्तरणका लागी सार्वजनिक जग्गाको खोजि भैरहेको वताईन् । वस्ती जोखिममा रहेकाले कार्यपालिकाको वैठकवाट आवश्यक निर्णय गरि कार्यान्वयन गर्ने उपाध्यक्ष सिंहले वताईन् ।
यस्तै नौमूले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद कोईरालाले आवश्यक कानुन निर्माण गरी जोखिममा रहेको वस्ती स्थानान्तरणका लागी पहल गरिने वताए । उनले नौमूले गाउँपालिका ४ को उत्तिसेनी वस्ती पहिरोको उच्च जोखिममा रहेकाले वस्ती स्थानान्तरणका लागी आवश्क पर्ने वजेट र कानुन निर्माण गरी कार्यान्वयन गर्ने वताए ।
नौमूलेका स्थानीय हरि रानाले उत्तिसेनी वस्तीका लागी आवश्यक सहयोग गर्न सम्पुर्णमा आग्रह गरे । उनले भने, ‘नौमूले गाउँपालिका, प्रदेश र केन्द्र सरकारले यो वस्ती स्थानान्तरणका लागी तत्कालै पहल थाल्नु पर्छ । नत्र कुनै दिन ठुलै मानवीय क्षति हुनसक्छ ।’ रानाले मानवी क्षति हुनवाट वचाउन वेलैमा तिनै तहका सरकारले सोच्नु पर्ने वताए ।
स्थानीयले वस्ती माथिवाट जमिनले आफ्नो ठाउँ छोडेर केहि तल आएको वताए । आफुहरु राति पानी पर्न थाले रातभर जाग्राम वस्नु पर्ने स्थिति आएको स्थानीयले वताए । स्थानीयले भने, ‘घर छोडौँ कहाँ गएर वसौँ अन्त कतै जाने ठाउँ छैन । घर नछोडौँ कति वेला पहिरो जान्छ र मरिन्छ भन्ने थाहा छैन । पहिरो गएर सवै मरे त ठिकै छ तर वालवच्चा मात्र वाँचे के गर्लान् वा आफु मात्र वाँचे के गरौँला भन्ने पिर लाग्न थालेको छ ।’