सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह
मातृभूमी संवाददाता । २५ भदौ दैलेख
भैरवी गाउँपालिका वडा नम्बर ७ स्थित एक बिद्यालयमा शिक्षक नियुक्तीको बिषयलाई लिएर स्थानीय गणेश आचार्यमाथी कुटपिट भएको भन्ने समाचारप्रती सम्बन्धित ब्यक्तिहरुले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
प्रदेशसभा सदस्य सुशील थापा र गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाको रोहबरमै स्थानिय युबा गणेश आचार्यले आफुमाथी कुटपिट भएको भन्दै गरेको प्रचार–प्रसार तथ्यहिन रहेको बताइएको छ । गणेश आचार्यलाई केही स्थानियहरुले मदिरा सेवन गराई गालिगलौज गर्न पठाएको र उनले जथाभाबी बोल्न थालेपछी पिडक भनिएका भरत बुढाले सम्झाई बुझाई गर्दै घर जान आग्रह गरेको बताए ।
उनले भने समाजले पचाउनै नसक्ने शब्दहरु प्रयोग गरेर सबैको अगाडि छाडा शब्द बोल्न थालेपछी मैले त्यसो नगर्न आग्रह गरेको मात्र हुँ यदि त्यो भन्दा बढी केही गरेको भए म जस्तोसुकै कानुनी कारबाही भोग्न पनि तयार छु ।
सूचनाको माग गर्न पाउने उहाँको अधिकार हो तर त्यो समयमा सूचना माग्ने सम्बन्धि कुनैपनी प्रसङ्ग नउठेको बताउँदै उनले भने एक्कासी केही अनलाइन पत्रीकामा समाचार देखेपछी म पनि अचम्मित हुन पुगेको छु । साथै पत्रकारलाई पनि सत्यतथ्य बुझेर समाचार सम्प्रेषण गर्नपनि उनले आग्रह गरेका छन् ।
उक्त घटनामा आफुहरुको कुनै सन्र्दभ न जोडिएको भएपनी आफू र प्रदेश सभा सदस्य सुशील थापाको समेत नाम जोडिनु दुखद भएको भन्दै भैरबी गाउपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले राजनितिक प्रतिशोधका कारण आफुहरुको चरित्र हत्या गर्ने गरि तथ्यहिन हल्ला चलाएको बताए । अध्यक्ष वुढाले यस बिषयमा सत्यतथ्य छनबिन गरि जुनसुकै ब्यक्ति दोषी भएपनी हदैसम्मको कारबाही गरिने भन्दै सहि समाचार प्रकाशन गर्न केही संचार माध्यमहरुलाई आग्रह समेत गरेका छन् ।