दैलेखमा गोरु काट्ने दुई जना पक्राउ

मातृभूमी संवाददाता । २६ भदौ दैलेख
दैलेखमा गोरु काट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दैलेखको भैरवी गाउँपालिका २ रावतकोटका सोविन थापाको बारीमा बाँधिएका गोरुको खुट्टा र मुख काट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा अाशंका गरिएका सोही ठाउँका राजु विष्ट र भिम विष्टलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक हिक्मत बोहोराले जानकारी दिए । प्रहरी निरिक्षक वोहोराले घटना बारे अनुसन्धान गरिरहेका भन्दै यस बारेमा अहिले नै केही भन्न नसकिने र बाँकी अनुसन्धानका क्रममा खुल्ने वताए ।
पीडित थापाका अनुसार विहान घाँस हाल्न जाँदा रक्ताम्मे अवस्थामा काटिएको अवस्थामा गोरु भेटिएका थिए । गोरुको गएराती नै खुट्टा र मुख काटिएको हुनुपर्छ विहान मात्रै यसबारे थाहा भएको हो । विहान गाउँपालिका र प्रहरीलाई खवर गरेपछि दुई जनालाई प्रहरी चौकी सिलङ्गी लगिएको वताए ।
दुई वर्षअघि नै सामान्य विवाद भएको भन्दै बिहीबार दिउँसो पनि गोरुका विषयमा विवाद भएको गोरु धनी थापाले जानकारी दिए । सामान्य विवादका कारण विष्टले नै गोरु काटेको थापाले आरोप लगाए ।

के छ कानुनी व्यवस्था ?

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ को पशुपक्षी सम्बन्धी कसूरको दफा २८९ मा गाई, गोरु मार्न वा कुट्न नहुने उपदफा एकमा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ ।
साथै, उपदफा २ मा उपदफा एक बमोजिमको कामबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद हुने व्यवस्था छ । साथै, उपदफा तीनमा कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पु¥याएमा पचास हजार रुपैयाँँसम्म जरिबाना हुने पनि उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *