भारत जानेलाई छेकेन कोरोनाले
मातृभूमी संवाददाता । ३१ भदौ दैलेख
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले स्देश फर्किएका अधिकांश यूवाहरु महामारी नरोकिदै पुनः धमाधम भारत फर्किन थालेका छन् । कोराना महामारीले गर्दा लामो समय लकडाउन भएपछि घर फर्किएका अधिकांश यूवाहरु गाउँमा कुनै रोजगारी नभएपछि घरजोहो गर्न पुनः भारतमै फर्किन थालेका हुन् ।
दशैँ तिहार नजिकिदै गर्दा घर फर्कने वेला दैलेख नारायण नगरपालिकाका एक दर्जन भन्दा वढि यूवाहरु गाउँमा रोजगारीको कुनै सम्भावना नदेखेपछि भारत फर्कन बाध्य भएका छन् । भारतमा मजदुरी गरेर चाड पर्व मनाउन घर आउने वेला घर खर्च चलाउनकै लागी केहि उपाए नभएपछि भारतमै जान बाध्य भएको नारायण नगरपालिका ६ विजौराका विमल रावत वताउँछन् ।
‘यहाँ यूवा लक्षित कार्यक्रम केहि छैनन्, हामी जस्ता यूवाहरुको वारेमा कसैले केहि गर्दैन’ उनले भने, ‘के गर्न आफ्नो देशमा वसेर काम गरी खाने रहर हुदाँ पनि वाध्य भएर भारत जानु पर्छ ।’ चाडपर्व सकिएपछि कामको खोजीमा भारतका विभिन्न शहर जाने यूवाहरु चाड पर्व नजिकिदै गर्दा धमाधम भारत जाने लर्को लाग्ने गरेको छ ।
खेतबारीको उब्जनीले केही महीना मात्र पुग्ने भएपछि यहाका अधिकांश युवाहरु रोजगारीका लागि भारत जाने गर्दछन् । कोरोना संक्रमणका हिसाबले भारत विश्वमै सबैभन्दा जोखिमयुक्त मुलुक भए पनि दैनिक सयौंको संख्यामा नेपाली रोजगारीको खोजीमा त्यसतर्फ जाने क्रम रोकिएको छैन । स्थानीय तहहरुवाट यूवा नीति बनन्दा गाउँका यूवाहरु वाहिरी मूलुकमा गएर मजदुरी गर्न बाध्य भएको समाजसेवी कुमार राना वताउँछन् । ‘नेपालीहरु श्रमका लागि भारत लगाएत अन्य वाहीरी मुलुमा जाने थीति त बन्यो तर यूवा नीति बनेन्’ सामाजसेवी रानाले भने, ‘यस तर्फ स्वदेशमै यूवाहरुलाई विभिन्न किसिमका रोजगारमूलक कार्यक्रम ल्याउन सवै तहहरुले ठोस नीति बनाउन जरुरी छ ।’
यसरी जानेमा भारतमा आधार कार्ड भएका, काम गर्ने कम्पनीको परिचय पत्र बनाएका तथा रोजगार कम्पनीले बोलाएका नेपाली बढी छन् । लामो समयदेखि लकडाउनका कारण रोजीरोटी गुम्दै गएका कारण गरिब तथा विपन्न वर्गका नागरिक अहिले ठुलो मारमा परेका छन् । गाउँ घरमा काम केहि नभएपछि छाक टार्न पनि हम्मेहम्मे परेका वेला दैनिकी चलाउनका लागि पनि भारत जान वाध्य भएको वताउँछन् नारायण नगरपालिका ६ कै दिनेश थापा । कोरोनाको जोखिम भए पनि भोको पेटका लागि ज्यान जोखिममा राखेर भारत जान लागेको उनीहरु बताउँछन् ।
स्वेदेशमै यूवाहरुका लागि यूवा लक्षित कार्यक्र तथा कुनै नीति नभएकाले हामी जस्ता यूवाहरु वाहीरी मुलुकमा गएर मजदुरी गर्न वाध्य भएको वताउँछन् स्थानीय सोमत रावत । ‘नेताहरु पदमुखी र कुर्सी मुखी भए, यूवाहरुको वारेमा केहि सोच्दैननन्’ उनले भने, ‘के गर्नु भोट हाल्ने वेला यूवाहरुका लागि यस्तो गर्छौ उस्तो गर्छौ भन्छन् अहिले केहि काम काजका लागि आफन्त खोज्दै हिड्छन् हामीलाई मजदुरी नगरी हुँदैन ।’ साँझ बिहान हातमुख जोर्न गाह्रो भएपछि भारत पस्नुको विकल्प नभएको उनको गुनासो छ ।
यसरी कोरोना महामारीको जोखिममा पनि ज्यान नै जोखिममा राखेर यूवाहरु भारत गइरहँदा सरकारी निकायले भने कुनै प्रयास गरेका छैनन् । दैलेखको सवैभन्दा पुरानो नारायण नगरपालिकाले समेत हालसम्म पनि यूवा लक्षित कुनै कार्यक्रम तथा नीति वनाएको छैन । यसरी नगरपालिकाले यूवा लक्षित कार्यक्रम तथा यूवाहरुलाई प्रोत्सान हुने कार्यक्र नगर्दा वर्षेनी सयौंको संख्यामा नगरपालिकावाट अन्यत्र ज्याला मजदुरीका लागि यूवाहरु वाहिरीने गर्दछन् ।
नगरपालिकाले यूवाहरुको लागि ठोस नीति तथा कार्यक्रम नवनाउदासम्म वाहिर ज्याला मजदुरी गर्न जानेको संख्यामा कमी नआउने वताउँछन् नगरवासी विनोद कुमार श्रेष्ठ । दैलेख, जुम्ला, कालिकोट लगाएतका स्थानीयहरु नेपालगन्ज नाका हुँदै दैनिक करिब २ सयको हाराहारीमा नेपाली भारत गइरहेका छन् । र यो संख्या दिनहुँ बढ्दो छ ।