विकासका लागी स्थानीय सरकारका गुरुयोजना आवश्यक : सांसद विशुन्के

मातृभूमी संवाददाता । ३१ भदौ दैलेख
प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले विकासको श्रोत खोज्न स्थानीय सरकारका विकास गुरुयोजना आवश्यकता औल्याएकी छिन् । कोरोना संक्रमण त्रासले सरकारले गरेको लकडाउन यता ७ महिना लामो काठमाण्डौं बसाईपछि जिल्ला फर्किएपछि जिल्लाका पत्रकारहरुसंग गरिएको छलफल कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
साँसद बिशुन्केले संघीय सरकारका निकायसंग बजेट माग्न स्थानीय सरकारको विकास गुरुयोजना र प्रस्तावित योजनाको बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) माग्ने गरेको तर स्थानीय सरकारले उपलब्ध गराउन नसक्दा आफूले चाहे जति विकास योजना पहल गर्न नसकिएको बताइन् ।
कुन जिल्ला, कुन ठाउँमा बढी बजेट प¥यो भन्ने कुरा त्यहाँको स्थानीय सरकारको विकास गुरुयोजनाले निर्भर गर्ने गरेको र आफूले आग्रह गर्दा पनि स्थानीय सरकारले प्रस्तावित योजनाको बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) उपलब्ध नगराएकै कारण योजना माग्न कठिनाई परेको उनले उल्लेख गरिन् ।
प्रतिनिधिसभाको बैठक चलेको बेला संसदमा जिल्लाका समस्या राख्ने, लकडाउनको कारण काठमाण्डौंमा अप्ठ्यारोमा परेका दैलेखी नागरिकहरुलाई राहत सहयोग जुटाउनेदेखि जिल्ला फर्किन चाहेकाहरुलाई जिल्ला पठाउने यातायात प्रवन्धसम्म व्यवस्थापनमा आफूले आपतकालिन सहयोग गर्न पाएकोमा जिल्ला नआएर पनि काठमाण्डैंबाटै जिल्लावासीहरुका लागि सहयोग गर्न पाएकोमा आत्मसन्तुष्टी लागेको साँसद बिशुन्केले बताइन् ।
पत्रकारहरुसंगको छलफलमा सहभागी पत्रकारहरुलाई कोरोना संक्रमण रोकथामका स्वास्थ्य सामग्री वितरण गरेकी थिइन् । कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघका उपाध्यक्ष कृष्ण देवकोटाले गरेका थिए ।
त्यस अवसरमा प्रेस संगठनका केन्द्रीय सदस्यहरु नबिन रिजाल, बिष्णु शर्मा, जिल्ला अध्यक्ष पुष्कर थापा, प्रेस यूनियनका जिल्ला सभापति भूपेन्द्र शाही, पत्रकारहरु अमर सुनार, यज्ञराज थापा, बिशाल सुनार लगायतले साँसद बिशुन्केले जिल्लाको विकासका लागि गरेको प्रयास र संसदमा प्रभावकारी उपस्थितिको प्रशंसा गर्दै भविष्यमा नीति निर्माण तहमा गर्नुपर्ने कामहरुका विषयमा सुझाव दिएका थिए ।
साँसद विशुन्केले कोरोना रोकथामका लागि सहयोग पु¥याउन हालसालै कोरोना प्रभावित सदरमुकामको भगवतीटोल आसपासको बस्तीलाई स्यानीटाइजर र मास्क बाँड्दै मंगलवार घरदैलो भेटघाट गरेकी थिइन् ।
दैलेखका कारागारका बन्दीलाई मास्क, त्यहाँ कार्यरत सुरक्षाकर्मी र कर्मचारीका लागि मास्क, केही थान पीपीई सेट र ज्वरो नाप्ने थर्मलगन, नारायण नगरपालिकाका लागि मास्क, केही थान पीपीई सेट र ज्वरो नाप्ने थर्मलगन र जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीका लागि ३ सेट पीपीई सेट प्रदान गरेकी छिन् ।
आफ्नो निजी खर्चमा साँसद बिशुन्केले ती निकायका अलवा निर्वाचन क्षेत्र नं. १ का ६ वटा स्थानीय तहहरु र स्वास्थ्य सेवा कार्यालय दैलेखका लागि पनि मास्क, केही थान पीपीई सेट र ज्वरो नाप्ने थर्मलगन प्रदान गर्ने कार्यक्रम रहेको बताइएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *