ठाँटिकाँधका पहिरो पिडितलाई दक्षिण कोरियाको आर्थिक सहयोग

मातृभूमी संवाददाता । ०१ असोज दैलेख
ठाँटिकाँध गाउँपालिका ४ मा गएको पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहयोग गरिएको छ । दैलेख समाज दक्षिण कोरियाले पहिरोमा परी मृत्यु भएका जनक कठायत र लोकेश कठायतको परिवारलाई प्रति परिवार ५० हजारका दरले आर्थिक सहयोग गरेको हो । भदौ २ गते राति ठाँटिकाँध गाउँपालिका ४ मा अविरल वर्षासँगै गएको पहिरोमा परी २ जनाको मृत्यु भएको थियो भने ७ जना घाईते भएका थिए ।
दैलेख समाज दक्षिण कोरियाका अध्यक्ष राकेश चौलागाई, सचिब प्रबिन कुमार शाही र कोषाध्यक्ष लक्ष्मण शर्मा सहितको टोलिले आर्थिक संकलन गरी एभरेष्ट क्लब दैलेखका स्थानीय स्रोत ब्यक्ती दानवहादुर कठायत मार्फत मृतकका परिवारलाई पठाएको थियो । एभरेष्ट क्लब दैलेखका स्थानीय स्रोत ब्यक्ती दानवहादुर कठायतले एक कार्यक्रमका बिच दैलख समाज दक्षिण कोरियाले पठाएको सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
मृतकका परिवारलाई सहयोग रकम हस्तान्त्रण कार्यक्रममा ठाँटिकाँध गाउँपालिका वडा नं. ४ का सदस्य रत्ना शाही सहयोगी निकायहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको वताएकी छन् । यस्तै एभरेष्ट क्लब दैलेखका स्थानीय स्रोत ब्यक्ती कठायतले सहयोग उपलव्ध गराउने दैलेख समाज दक्षिण कोरियालाई धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!