नौमूलेका पहिरो पिडितलाई साेसेककाे सहयोग

मातृभूमी संवाददाता । ०८ असोज दैलेख
दैलेको नौमूले गाउँपालिका ४ कालिका उत्तिसेनीका पहिरो पिडितका लागी राहत सामाग्री उपलव्ध गराईएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले उत्तिसेनीका पहिरो पिडितका लागी राहत सामाग्री उपलव्ध गराएको हो । सोसेकले त्यहाँका जोखिममा रहेका घरपरिवारका लागी २७ थान त्रिपाल, १ सय ३० मिटर पि–फर्म लगाएतका सामाग्री उपलव्ध गराएको हो ।
पहिरो पिडितका लागी राहत सामाग्री उपलव्ध गराएपछि पिडितमा केहि राहतको महसुस भएको छ । राहत सामाग्री उपलव्ध गराउने संस्था सोसेकलाई नौमूले गाउँपालिका दैलेखका अध्यक्ष भदे वुढा मगरले धन्यवाद समेत व्यक्त गरेका छन् । उनले भने, ‘विपद्का वेला सहयोग गरेकोमा सोसेकलाई धन्यवाद छ । आगामी दिनमा पनि सहयोग र समन्वयका लागी हरदम गाउँपालिका तयार छ । अन्य विभिन्न संघसंस्थालाई उत्तिसेनीका पहिरो पिडितलाई राहत उपलव्ध गराउन अनुरोध गर्दछु ।’
गाउँपालिकाका अध्यक्ष वुढाले यस अघि नै ६ घर पहिराले वगाईसकेको र वाँकी २४ घर पहिरोको उच्च जोखिममा रहेको पनि वताए । उनले पिडित परिवारलाई राहतका लागी अन्य विभिन्न निकायसँग पहल भैरहेको भन्दै कर्णाली प्रदेश सरकार, संघिय सरकारसँग अनुरोध गर्नुका साथै गाउँपालिकाले वस्तीलाई सुरक्षित स्थानमा सार्नका लागी आवश्यक पर्ने नियम कानुन वनाउने तयारी भैरहेको र सुरक्षित स्थानमा सार्नका लागी सार्वजनिक जग्गाको खोजि भैरहेको समेत वताए ।
उत्तिसेनीमा निरन्तर पहिरो जाँदा गाउँ नै उच्च जोखिममा रहेको छ । २०७४ सालदेखी निरन्तर पहिरो जाँदा यहाँका २४ घर उच्च जोखिममा परेका छन् । तिन वर्ष देखी निरन्तर पहिरो जाँदा यस अघि नै ६ घर वगिसकेका छन् भने अन्य घर पहिरोको उच्च जोखिममा रहेका छन् । हाल सम्म कुनै पनि मानवीय क्षति नभएपनि निरन्तर पहिरो जाँदा २४ घरपरिवार विस्थापित हुनुपर्ने स्थिति आएको नौमूले गाउँपालिका ४ का वडाध्यक्ष गजवहादुर ढेंगा मगरले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *