फेरी अर्काे सरकारी कार्यालयमा तालावन्दी

मातृभूमी संवाददाता । ११ असोज दैलेख
खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयमा तालावन्दी गरिएको छ । उपभोक्ता समिति र कोटेशन मार्फत गरिएका विभिन्न कामहरुको रकम भुक्तानी नभएपछि तालावन्दी गरिएको हो । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको उच्च जोखिमकै विचमा ज्युज्यानको प्रवाह नगरी गरिएको कामको भुक्तानी दिन आनाकानी गरेकाले तालावन्दी गर्नु परेको जेसिका एण्ड अभियान कन्ट्रक्सनका संचालक प्रकाश वुढाले वताए ।
समयमा नै सम्पन्न भएका योजनाको नापजाँच गरी मुल्याङ्कन गरेर समयमा नै भुक्तानी दिनु पर्नेमा कार्यालय प्रमुखले आफुखुसी पेल्दै गएकोले वाध्य भएका तालावन्दी गरीएको निर्माण व्यवसायी वुढाले वताए । अर्का निर्माण व्यवसायी निरक थापाले पटक पटक डेलिगेशन जाँदा समेत कुनै सुनुवाई नभएकाले वाध्य भएर तालावन्दी गरेको वताए ।
यस्तै कार्यालयमा जनशक्ति अभा भएकाले सम्झौता भएका कामहरुको समेत नापजाँच गर्न नपाएकाले भुक्तानीमा केहि ढिलाई भएको कार्यालय प्रमुख अशोराज गौतमले वताए । उनका अनुसार आवश्यक कर्मचारी मन्त्रालयले समयमा नै नपठाउँदा नापजाँच लगाएत भुक्तानीका काम रोकिएको कार्यालय प्रमुख गौतमले स्वीकारेका छन् ।
यसअघि पनि नारायण नगरपालिकाले भुक्तानी नदिएको भन्दै नगरपालिकाको कार्यालयमा निर्माण व्यवसायीले तालावन्दी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *