बाल यौन र्दुव्यवहारको आरोपमा महिला पक्राउ

Photo : Google

मातृभूमी संवाददाता । १२ असोज दैलेख
बाल यौन र्दुव्यवहारको आरोपमा एक महिला पक्राउ परेकी छन् । दैलखको गुराँस गाउँपालिका ८ गर्चाकी २६ वर्षिया महिला बाल यौन र्दुव्यवहारको आरोपमा पक्राउ परेकी हुन् । यहि असोज ९ गते गुँरास गाँउपालिका ८ गर्चाका १३ वर्षिय बालकलाई सोहि ठाउँ बस्ने २६ वर्षकी महिलाले बाल यौन र्दुब्यवहार गरेको भन्ने सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
बाल यौन र्दुव्यवहार गर्ने महिलालाई बालबालिका सम्बन्धी कसुर (बाल यौन र्दुव्यवहार) शिर्षकमा मुद्दा दर्ता गरी दैलेख जिल्ला अदालत दैलेखबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!