नौमूले गाउँपालिकाद्धारा २ वटा एम्वुलेन्स खरिद
मातृभूमी संवाददाता । १४ असोज दैलेख
दैलेखको नौमूले गाउँपालिकाले दुई वटा एम्वुलेन्स खरिद गरेको छ । नौमूलेका जनताको सुविधाका लागी गाउँपालिकाले दुई वटा एम्वुलेन्स खरिद गरेको हो । गाउँपालिकामा रहेका सवै वडाका केन्द्रमा सडकको पहुँच भए पनि आवश्यक भएको समयमा गाडि नजाने भएकाले जनताको सहज पहुँचका लागी एम्वुलेन्स खरिद गरेको गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले जानकारी दिए ।
‘सार्वजनिक यातायात सधैजसो नगुड्ने र निजि गाडि गुडेपनि भाडा दर महंगो हुने भएकाले सर्वसुलभ भाडा दरमा विरामी वोक्न लागी एम्वुलेन्स खरिद गरेका हौँ ।’ अध्यक्ष वुढाले भने, ‘दुर्गम क्षेत्र भएकाले सधैजसो विरामीले सास्ति खेपिरहनु परेकाले विरामीको मर्कालाई मध्यनजर गर्दै एम्वुलेन्स खरिद गरिएको हो ।’
अध्यक्ष वुढाका अनुसार गाउँपालिकावाट जिल्ला वाहिर विरामी लैजानु पर्ने अवस्था आएमा खोजेको समयमा गाडि नपाउने, पाईहाले पनि भाडा दर महंगो हुने भएकाले सर्वसुलभ र नौमूले वासीको स्वास्थ्यलाई ख्याल गर्दै दुई वटा एम्वुलेन्स खरिद गरिएको हो ।
नौमूले गाउँपालिका गाउँ कार्यपालिकाको निर्णय अनुसार जनताको स्वास्थ्यमा सहज पहुँच पु¥याउने उद्देश्य अनुरुप एम्वुलेन्स खरिद गरिएको गाउँपालिका स्रोतले जनाएको छ ।
1 thought on “नौमूले गाउँपालिकाद्धारा २ वटा एम्वुलेन्स खरिद”