दैलेखमा कोरोनाका सक्रिय संक्रमित ५ जना मात्र
मातृभूमी संवाददाता । १४ असोज दैलेख
दैलेखमा कोरोनाका ५ जना मात्र सक्रिय संक्रमित रहेका छन् । कोरोना जितेर १ हजार १ सय ४ जना घर फर्किएसँगै ५ जना मात्र संक्रिय संक्रमित रहेका हुन् । मातृभूमी अनलाईनसँगको कुराकानीमा स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत एवं कोरोना फोकल पर्सन थिर प्रसाद रेग्मीले दैलखमा कोरोनाका ५ जना मात्र सक्रिय संक्रमितको वताएका हुन् ।
रेग्मीका अनुसार गत जेठ ६ गत्ते कर्णाली प्रदेशकै पहिलो संक्रमित दैलेखमा पुष्टि भएपछि हालसम्म दैलेखमा १ हजार १ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमित मध्ये १ हजार १ सय ४ जनाले कोरोना भाईरसलाई जितेर घर फर्किसकेका छन् ।
संक्रिय संक्रमित मध्ये दैलेख अस्पताल तथा नारायण आइसोलेसनमा ४ र चामुन्डा विन्द्रासैनी नगरपालिकाको लयाटीविन्द्रासैनी हेल्थ पोष्ट आईसोलेसनमा एक जना गरि ५ जना सक्रिय संक्रमित रहेको फोकल पर्सन रेग्मी बताए । हाल सम्म दैलेखमा २ जनाको मृत्यु भएको छ ।