आइपीएलः मुम्बई इन्डियन्स विजयी, किङ्स इलाभेन पन्जाब ४८ रने पराजित

मातृभूमी संवाददाता । १६ असोज
इन्डियन प्रिमियर लिग (आइपीएल) टि–ट्वान्टि क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले किङ्स इलेभेन पन्जावलाई हराएको छ । गएराति भएको खेलमा पञ्जावलाई ४८ रनले हराउदै मुम्बईले जारी प्रतियोगितामा दोस्रो जित निकालेको हो । पन्जावको भने यो लगातार तेस्रो हार हो ।
युएईको आबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा चार विकेट गुमाउएर १ सय ९१ रन बनायो । उसका लागि कप्तान रोहित शर्माले ७० रन बनाए । यसैगरी कायरन पोलार्डले ४७ रन बनाउँदा हार्दिक पाण्ड्याले ३० रन जोडे ।
जवाफमा पञ्जावले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्रै बनाउन सक्यो । उसका लागि निकोलस पुरनले ४४ रन जोड्नु बाहेक अन्य कुनैपनि ब्याट्सम्यान चल्न सकेनन् । जितसँगै मुम्बइ ४ खेलबाट ४ अंक जोड्दै आईपिएल अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको दिल्लीको पनि ४ अंक नैं छ ।
आईपिएल क्रिकेटमा आज चेन्नाई सुपर किङ्स र सनराईजर्स हैदरावाद भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!