बैरागी मुख्यसचिव नियुक्त, अमेरिकामा खतिवडा र बेलायतमा रेग्मीलाई राजदूत बनाउने सरकारको निर्णय

मातृभूमी संवाददाता । १६ असोज काठमाण्डौ
सरकारले मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले परारष्ट्र सचिव बैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । परराष्ट्र सेवाबाट मुख्य सचिव हुने बैरागी पहिलो व्यक्ति हन् । त्यसअघि मुख्य सचिव लोकदर्शन रेग्मीले मुख्य सचिवबाट राजीनामा दिएका थिए । आफू बेलायतमा राजदूत हुने पक्का भएपछि रेग्मीले राजीनामा दिएका हुन् । मन्त्रिपरिषदको बैठकले मुख्य सचिव रेग्मीको राजीनामा लिएर उनलाई बेलायतका लागि राजदूतमा नियुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको छ ।
यसैगरी, सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गर्ने निर्णय गरेको छ । वैरागीलाई मुख्य सचिव बनाउने पक्षमा रहेका प्रधानमन्त्री केपी ओली कार्यकाल बाँकी नै रहेका रेग्मीलाई बेलायतको राजदूत बनाउन सरकार तयार भएका हुन् । रेग्मीको पदावधि सकिनु अगावै वैरागीले यही असोज २१ गते नियमति अवकाश पाउने भएपछि रेग्मीलाई बेलायतको राजदूत पद दिएर सरकारले बैरागीलाई मुख्य सचिव बनाइएको हो । रेग्मीको कार्यकाल सकिन भने अझै दुई हप्ता बाँकी थियो । तर प्रधानमन्त्री बैरागीलाई मुख्य सचिव बनाउने पक्षमा भएपछि बेलायतको राजदूत बनेर रेग्मीले राजीनामा दिएका हुन् ।
रेग्मीले अहिले राजीनामा नदिएर असोज २२ पछि मात्र दिएको भए चन्द्र घिमिरे, विश्वनाथ ओली र मधुसुदन अधिकारी मुख्यसचिवको दावेदार बन्न पाउने थिए । तर रेग्मीले प्रधानमन्त्रीको इच्छा पूरा गर्न आफू बेलायतको राजदूत बन्दै राजीनामा दिए । खतिवडा भने राष्ट्रिय सभामा पुर्नःनियुक्ति नपाएपछि अर्थमन्त्रीबाट राजीनामा दिई प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त भएका थिए । तर प्रधानमन्त्री ओलीले खतिवडालाई पनि अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेका हुन् । खतिवडा लगातार लाभको पदमा रहने व्यक्ति हुन् ।
राष्ट्र बैंकबाट आफ्नो जागिरे जीवन शुरु गरेका उनले राष्ट्र बैंकको गभर्नर, दुई पटक राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, राष्ट्रिय सभाको सदस्य, अर्थमन्त्री जस्ता पद प्राप्त गरेका छन् । प्रधानमन्त्री ओलीका निकट खतिवडालाई उनले अहिले अमेरिकाका लागि राजदूत वनाएका हुन् । सरकारबाट राजदूतमा सिफारिश खतिवडा र रेग्मीको संसदीय समितिमा सुनुवाईपछि राष्ट्रपतिबाट नियुक्ति हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *