दसैं टीकाको उत्तमसाइत बिहान १०ः१९ बजे

मातृभूमी संवाददाता । १६ असोज दैलेख
नेपाल पञ्चाङ्ग निर्णायक समितिले वि.सं. २०७७ को विजयादशमी लगायत दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ । वि.सं. २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादसैं सुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दसैंको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।
यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ । नवरात्र सुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ । घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागवत्, देवी स्तोत्रलगायत देवीको महिमागान गाइएका श्लोकवाचन एवं पाठ गरिन्छ ।
देशभरका शक्तिपीठमा घटस्थापनाकै दिनदेखि विशेषरूपमा भक्तजनको भीड लाग्ने भएपनि यस वर्ष कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले भौतिक दूरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *