कोरोना लागेर कर्णालीका चिकित्सकको मृत्यु
मातृभूमी संवाददाता । १६ असोज दैलेख
कर्णाली प्रदेश पहिलो पल्ट कोरोना भाइरस (कोभिड–१९) वाट चिकित्सकको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा. हरी सापकोटाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । अस्पतालका प्रमूख कन्सल्टेन्ट अर्थाेपेडिक सर्जन डा. सापकोटाको उपचारको क्रममा नेपालगञ्जमा बिहीबार दिउँसो मृत्यु भएको हो ।
भाद्र ३० गते उनलाई कोरोना भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ५८ बर्षिय डा. सापकोटालाई आईसियुमा राखेर उपचार गर्दै गर्दा विहिवार दिउँसो ३ वजे मृत्यु भएको हो ।