वेथिति श्रृंखला–२४ : आफन्त र कार्यकर्ता भर्ति केन्द्रको थलो वन्दै भैरवी

मातृभूमी संवाददाता । १६ असोज दैलेख
दैलेखको भैरवी गाउँपालिकामा विना प्रतिष्पर्धा नै जनप्रतिनिधी र पार्टिका नेताका आफन्तलाई भर्ना गर्ने गरिएको पाईएको छ । गाउँपालिकामा कर्मचारी आवश्यकता सम्वन्धी कुनै पनि सूचना प्रकाशन गर्नुपूव नै जनप्रतिनिधि र पार्टीका नेताहरुवीच कर्मचारी भागबन्डा गरेर भर्ना गर्ने गरेको पाईएको हो ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाको अगुवाईमा केही जनप्रतिनिधी, नेकपा र नेपाली काँग्रेसका नेताहरुवीच कर्मचारी भागबन्डा भएको पत्र सामाजिक संजाल फेसवुकमा छ्यापछ्याप्ती आईरहेका छन् । पछि विवाद नहुने गरि सर्वपक्षिय रुपमा कर्मचारी छनौट गरि करारमा भर्ना गर्ने सूचना प्रकाशित गर्ने सहमति पत्र सामाजिक संजालमा छरपष्ट छ ।
यहि असोज ९ गते भएको सर्वपक्षिय बैठकमा करार सेवाका कर्मचारी सम्वन्धी सहमति पत्रको (क) मा नरेश विक, प्रेमप्रकाश खत्री, एक शाही, अनिल विकको नाममा सहमति गरिएको छ । यस्तै कार्यालय सहयोगी रमेश रिजाल, कम्यूटर वडा नम्वर ६ नाम खुलाईएको छैन् तर चयन भैसकेको जनाईएको छ ।
यसैगरी ल्यावमा खेमराज थापा, महिला विकास कर्मचारी दुई जना नाम सार्वजनिक गरिएको छैन् । राजेश रिजाल र महिला विकास कर्मचारीको नाम विवाद हुन्छ भनेर नाम गोप्य राखीएको र सार्वजनिक नगरिएको वुझिएको छ ।
करार सेवाका कर्मचारी सम्वन्धी सहमति पत्रको (क) मा हेमलाल रिजाल, तेजबहादुर थापा, प्रवीण शाही, कम्प्यूटर अपरेटर, खानेपानी सहायक टेक्निसियन, गाउँपालिकाको वडा नं. ७ का लागी कम्प्युटर अपरेटर, अनमीमा (नाम उल्लेख नभएको) भागवण्डा गरिएको प्रष्ट छ । नरेन्द्र थापा, सुनिल शाहीको नाम कर्मचारी छनौट गर्ने गरि १९ जना कर्मचारीको नामावली रहेको सहमति पत्रमा उल्लेख गरिको छ ।
त्यस्तै सहमति पत्रमा भैरवी गाउँपालिका ७ पानीपोखरा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा १ जना स्वास्थ्यकर्मी (चौथो तह) र १ जना कार्यालय सहयोगी, ७ नम्वर वडा कार्यालयले आर्थिक भार उठाउने गरि नियूक्त गर्ने गरि गाउँपालिकाले ल्याएमा अनुमोदन गर्ने गरि सहमति गरेको सहमति पत्रमा उल्लेख छ । गाउँपालिकाका सिमिति ब्यक्तिहरुवीच गोप्य कर्मचारी छनौट गर्ने भएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले स्विकार गरे ।
अध्यक्ष वुढाका अनुसार, सहमति गरेर कार्यपालिकामा पेश गरिने र त्यहाँबाट अनुमोदन भए विज्ञापन गर्ने योजना रहेको थियो । अध्यक्ष बुढाले भने, ‘कसले हो गोप्य सहमति फोटो खिचेर बाहिर ल्याएछ । यो दुखद् कुरा हो ।’
अहिले सामाजिक संजाल फेसवुकमा खानेपानी सहायक टेक्निसियनमा उपाध्यक्ष पदमकुमारी विष्टका देवर डिलवहादुर केसी, कम्प्युटर अपरेटरमा नेकपाका पुर्व जिल्ला कमिटि सदस्य आशाराम आचार्यकी श्रीमती ललिता रेग्मी, वडा नं. ७ को कम्प्युटर अपरेटरमा वडाध्यक्ष छविराम आचार्यका छोरा, वडा नं. ६ को कम्प्युटर अपरेटरमा वडाध्यक्ष डिल्लिराम पुरीका छोरा, नेपाली कांग्रेसवाट विजयी गाउँपालिका कार्यपालिका सदस्य खड्के नेपालीका नाति लगाएतलाई नियुक्त गरिएको भनि छ्यापछ्याप्ती आईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *