चेन्नाई सुपर किङ्स लगातार तेस्रो पटक पराजित, सनराईजर्स हैदरावाद ७ रनले विजयी

मातृभूमी संबाददाता । १६ असाेज

इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा चेन्नाई सुपर किङ्सले लगातार तेस्रो हार वेहोरेको छ ।

दुबईमा गएराति भएको खेलमा चेन्नाईलाई सनराईजर्स हैदावादले ७ रनले पराजित गर्‍यो ।

आईपिएल क्रिकेटको १३ औं संस्करणसम्म आईपुग्दा चेन्नाईले लगातार तिन खेल हारेको यो पहिलो पटक हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा गएराति हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।

चेन्नईका रबिन्द्र जडेजाले ५० रन तथा कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७ रन जोडेपनि टोलीको हार टार्न सकेनन् । हैदराबादका टी नटराजनले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादका प्रियम गर्गले अविजित ५१ रन जोडेपछि टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

१९ वर्षीय प्रियमको आईपीएलमा यो पहिलो अर्धशतक हो । चेन्नईका दिपक चाहरले दुई विकेट लिए ।

जितसँगै ४ खेलबाट ४ अंक जोडेको हैदराबाद अंक तालिकाको चौंथो स्थानमा उक्लिएको छ । ४ खेलबाट २ अंक मात्रै जोडेको चेन्नई पुछारमा रहेको छ ।

आईपिएल क्रिकेटमा आज दुई खेल हुनेछन् । आबुधाबीमा हुने खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र रोजस्थान रोयल्स भिड्दा सारजहामा दिल्ली क्यापिटल्स र कोलकाता नाईट राईडर्स भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *