परपुरुषसँग लागेको भन्दै महिलाको कपाल मुण्डन गरेर दिसा खुवाइयो

पिडित महिला तस्वीर सौजन्य : पत्रकार नजराज महतरा हुम्ला

मातृभूमी संवाददाता । १७ असोज हुम्ला
हुम्लामा एक महिलालाई परपुरुषसँग लागेको आरोप लगाउँदै गाउँलेहरुले कपाल मुण्डन गरेर दिसा खुवाएका छन् । हुम्लाको सिमिकोट गाउँपालिका ७ ओख्रेनकी २३ वर्षिय महिलालाई गाउँकै देवर नाता पर्ने किशोरसँग लागेको आरोपमा कपाल मुण्डन र दिसा खुवाइएको हो । गाउँकै देवर नाता पर्ने गाँदीराज शाहीसँग लागेको आरोपमा उनका श्रीमान् धनबहादुर शाही र गाउँलेले दिसा खुवाएको पीडित महिलाले बताएकी छन् ।
श्रीमानले पहिला कपाल मुण्डन गरेर कुटपीट गरेको र पछि काठमा दिसा ल्याएर खुवाएको ति महिलाको भनाई छ । महिला भने न्याय माग्दै जिल्ला प्रहरी कार्यालय हुम्लाको शरणमा पुगेकी छन् । गाउँकै देवर नाता पर्नेसँग फोनमा कुरा गरेकै आधारमा गाउँका सबैलाई एकै ठाउँमा बोलाएर कालोमोसो लगाउने, निर्घात कुट्नेदेखि हात खुट्टा बाँध्नेसम्मका काम गरेको बताइन् । गाउँले सबै आएर कुट्दा आफ्नो ज्यान भन्दापनि आफ्नै अघि रोएका २ वर्षको छोरी र ४ वर्षको छोराको निकै माया लागेको उनले बताइन् । जुत्ताको माला लगाएर गाउँभर डुलाएको उनि उनको भनाई छ ।
१७ वर्षकै उमेरमा आमा र वुवाको माया छोड्दै विवाह गरेर श्रीमानको घर आएको बताउने उनले सोच्दै नसोचेको आरोप श्रीमान र गाउँलले लगाएको उनको दुखेसो छ । सम्बन्धको आशंकामै दिसा खुवाउने महिलाको कपाल काट्ने जस्ता सामाजिक अपराध गर्ने व्यक्तीलाई कानून अनुसार कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । दोषी भएपनि त्यसलाई कारबाही गर्ने कानून हुँदाहुँदै आफैले कानून हातमा लिएर मनपरी गर्नु राम्रो नभएको हुम्लाका डिएसपी सुर्यप्रकाश सुवेदीले वताए । उनले भने, ‘घटनाको थप अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने प्रक्रिया शुरु गरिसकेका छौं ।’
घटनाको जानकारी पाउने बित्तिकै धारापोरी प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको थियो । पीडितको संरक्षण गर्ने नीतिअनुसार आफूले दुवैजनालाई उद्धार गरेर प्रहरीको निगरानीमा संरक्षण दिएको डिएसपी सुवेदीले बताए । उनले पीडकलाई म्याद थप गरेर कारवाही शुरु गरिने जानकारी दिए । घटनामा संलग्न भएका महिलाका श्रीमान् सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साभार : नेपाली रैवारवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!