बलिउड अभिनेत्री कंगना फेरि विवादमा

आन्दोलनमा उत्रिएका किसानलाई ‘आतंककारी’को उपमा दिएका कारण बलिउड अभिनेत्री कंगना रनावत विवादमा तानिएकी छिन् । उनीविरुद्ध किसानहरुले अदालतमा मुद्दा दायर गरेका छन् । केहीसाता अघि आफ्नो मुम्बईको अफिस गुमाएकी कंगना फेरि विवादमा आएकी हुन् ।
किसानले गरेको आन्दोलन विरुद्ध अभिनेत्री कंगनाले ट्वीट गर्दै विरोध जनाएको भन्दै कर्नाटकका किसानहरुले उनीविरुद्ध त्यहाँको तुमकुर जेएमएफसी अदालतमा मुद्दा दायर गरेका हुन् । कृषि सम्बन्धी विधेयक पारित गराउनका लागि आन्दोलनमा उत्रिएका किसानलाई आतंककारीको उपमा दिएपछि कगंना विरुद्ध किसानहरु आक्रोशित बनेका छन् ।
किसानहरुले पाँच वटा फरक–फरक धाराको आधारमा कंगना विरुद्ध मुद्दा दायर गरेका हुन् । नयाँ विधेयकको पक्षमा सडकमा माग उठाउँदा कंगनाले कसैको इसारामा आफूहरुलाई कमजोर तुल्याउन खोजेको किसानको भनाइ छ ।
एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *