प्रज्ञा–प्रतिष्ठानद्वारा ‘लोकसाहित्य सिद्धान्त’ प्रकाशित
नेपाल प्रज्ञा–प्रतिष्ठानले मौलिक कृति प्रकाशनका क्रममा ‘लोकसाहित्य सिद्धान्त’ नामक बृहत् ग्रन्थ प्रकाशन गरेको छ । प्राज्ञसभा सदस्य प्रा. डा. कपिलदेव लामिछानेद्वारा लिखित उक्त ग्रन्थ साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको परियोजना कार्य अन्र्तगत तयार पारिएको हो ।
लोकवार्ता, लोकसाहित्य, लोकगीत, लोकगाथा, लोककविता, लोककाव्य, लोककथा, लोकनाटक, गाउँखाने कथा, उखान, टुक्का, लोकबाजा र नेपाली लोकसाहित्यको सङ्कलन तथा अध्ययनको परम्पराजस्ता मूल शीर्षकका तेह्र परिच्छेद अन्र्तगत विभिन्न उपशीर्षकमा विभाजित प्रस्तुत कृतिमा सम्बन्धित विधाको सैद्धान्तिक जानकारीका साथै प्रकार र उदाहरण समाविष्ट छन् ।
विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले लोक साहित्यको कुनै पनि क्षेत्रमा अध्ययन र अनुसन्धान गर्न चाहने अनुसन्धाता र जिज्ञासु पाठकका लागि पनि कृति उपयोगी रहेको बताए ।
रासस