ग्लोवल आईएमई बैंक दैलेख शाखाको घरदैलो
मातृभूमी संवाददाता । १८ असोज दैलेख
ग्लोवल आईएमई बैंकले शनिबार घरदैलो कार्यक्रमको गरेको छ । बैंकको दैलेख शाखा कार्यालयले शनिबार देवकोटा चोकबाट दैलेख सदरमुकाममा घरदैलो कार्यक्रम गरेको हो ।
ग्लोवल आईएमई बैंकले गरेको उक्त कार्यक्रममा बैंकमा खाता खोल्नुको महत्व, यसले सामान्य जिवनमा पार्ने प्रभाव लगायतका विषयमा ग्राहकहरुलाई जानकारी प्रदान गरिएको थियो । साथै उक्त कार्यक्रम मार्फत बैंकमा खाता नभएका ग्राहकहरुको खाता समेत खोलिदिएको बैंकले जानकारी दिएको छ ।
घरदैलो कार्यक्रममा ग्लोवल आईएमई बैंक दैलेख शाखाका प्रमुख सहित अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।