दैलेखकाे भैरवीमा गोरु काट्नेलाई जेल सजायको फैसला

मातृभूमी संवाददाता । १८ असोज दैलेख
दैलेखको भैरवी गाउँपालिका २ मा बारीमा बाँधिएका गोरु काट्नेलाई जिल्ला अदालत दैलेखले कैद सजायको फैसला गरेको छ । अदातलका न्यायाधीस दण्डपाणि लामिछानेको इजलासले गोरु काट्ने भैरवी गाउँपालिका २ का राजेश विष्टलाई एक वर्ष ९ महिना कैद र ४० हजार क्षतीपूर्तीको फैसला गरेको श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मुलुकी अपराध संहिताको २८९ को उपदफा १, २ र ३ अनुसार आइतबार अदालतले कैद फैसला गरेको श्रेस्तेदार कार्कीले बताए । श्रेस्तेदार कार्कीका अनुसार विष्टबाट ४० हजार क्षतीपूर्ती भराउन पनि अदालतले फैसला गरेको छ ।
गत भदौ २६ गते विष्टले भैरवी गाउँपालिका २ रावतकोटका सोविन थापाका बारीमा बाँधिका गोरु काटेका थिए । एक गोरु काटिएको दिनमै मरेको थियो भने अर्काे घाइते अवस्थामा छ । प्रहरीले गोरु काटेको १२ घण्टामै विष्टलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।
आफुलाई दैलेख जिल्ला अदालतले न्याय दिएको गोरु धनी सोविन थापाले वताए । थापाले भने, ‘खेती लगाउने सिजनमा दुवै गोरु काटिएपछि अन्यायमा परेको थिएँ । अदालतले न्याय दिएको छ, ।’ गोरु काट्नेबाटै अदालतले क्षतीपूर्ती वापतको रकम भराएपछि थप राहत पुगेको गोरु धनी थापाले वताए ।

यो पनि पढ्नुहोस् । दैलेखमा गोरु काट्ने दुई जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *