संचालनमा आए नौमूलेका एम्वुलेन्स
मातृभूमी संवाददाता । १९ असोज दैलेख
दैलेखको नौमुले गाउँपालिकाले दुई वटा एम्बुलेन्स संचालनमा ल्याएको छ । बिरामिहरुको अबस्था हेरी गाउँपालिकाकै गाडीबाट सेवा दिदै आएको नौमूलेले अव एम्वुलेन्स मार्फत सर्वसुलव सेवा दिनका लागी एम्वुलेन्स संचालनमा ल्याएको हो । आइतवार राति नौमूले पु¥याईएका ति एम्वुलेन्सको सोमवार विहान एक कार्यक्रमकावीच उद्घाटन गरिएको छ ।
स्थानीय जनताको माग र चाहनालाई ध्यानमा राखी दुई वटै एम्बुलेन्स संचालनमा गरी सेवा दिन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरले जानकारी दिए । ‘जनताको सेवाको लागि एम्वुलेन्स उद्घाटन गरी संचालनमा ल्याएका हौँ’ अध्यक्ष वुढाले भने, ‘जनताकै आबश्यकतामा प्रयोग गरिनेछ ।’
नौमूले गाउँपालिकाकी उपाध्यक्ष अमृता सिंहले लामो समयदेखि नौमूलेमा एम्वुलेन्स ल्याउने तयारी भएपनि विविध कारणले ल्याउन नसकिएको भएपनि अहिले आएर २ वटा एम्व्ुलेन्स ल्याउन सफल भएको वताइन् । नौमूले गाउँ कार्यपालिकाले कार्यविधि वनाएर एम्वुलेन्स सञ्चालनमा ल्याउने उपाध्यक्ष सिंहको भनाई छ । उपाध्यक्ष सिंहका अनुसार जेष्ठ नागरिक, अपांग र गर्भवती महिलालाई सशुल्कमा सेवा दिनुपर्ने र अन्य विरामीलाई सहुलिएत भाडामा सेवा दिनको लागि कार्यविधि वनाउएर उम्वुलेन्स सञ्चालनमा सकिन्छ ।
कठिन अबस्थाका बिरामिहरुको लागि गाउँपालिका कै गाडी प्रयोग गर्दै आइएको भएपनी कहिले काहीँ त्यो सेवा दिन नसक्दा बिरामीलाई समस्या हुने र निजि गाडी प्रयोग गर्दा भाडा महङ्गो पर्ने हुँदा बिरामिलाई समस्या देखिएकोले अब एम्बुलेन्स संचालनमा आएसँगै उक्त समस्या समाधान हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए । बिरामिको आर्थिक अबस्था र भौगोलिक दुरिको आधारमा सुहाउँदो भाडा निर्धारण गरेर सेवा दिइने प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिए ।
विगतका वर्षहरुमा नौमूलेमा भुतपुर्व सैनीकहरुले गाउँ विकास समिति हुँदा एम्वुलेन्स ल्याउन तयारी गरिएपनि स्रोत साधनको अभावमा ल्याउन नसकिए पनि अहिले गाउँपालिकाले आफ्नो स्रोतवाट एम्वुलेन्स ल्याएको नौमूले गाउँपालिका स्वास्थ्य शाखा संयोजक भुपेन्द्र शाहीले वताए । उनले भने, ‘अव नौमूलेमा एम्वुलेन्स आएसँगै सर्वसाधारणले सर्वसुलभ सेवा पाउने अपेक्षा छ ।’
गाउँपालिकामा एकै पटक दुई वटा एम्बुलेन्स उद्घाटन गरी संचालनमा आएकाले नौमुलेवासी खुसी भएको स्थानीयले वताएका छन् । उनीहरुले विगतका दिनमा निजि गाडी प्रयोग गर्दा भाडादर महंङ्गो हुँदा समस्या हुने गरेको थियो । त्यतिमात्र नभई आवश्यक परेको समयमा गाडी नपाईने हुँदा समस्या थियो । अव उक्त समस्या समाधान हुने नौमूले गाउँपालिका स्थानीय हिमाल सिंहले वताए ।
याे पनि पढ्नुहाेस् । नौमूले गाउँपालिकाद्धारा २ वटा एम्वुलेन्स खरिद