नेकपा सचिवालय बैठक बस्दै

मातृभूमी संवाददाता । २० असाेज काठमाण्डाै

दुई पटक स्थगित भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक मंगलवार (आज) बस्ने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलपछि मंगलवार (आज) अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने तय भएको दाहालको सचिवालयले जनाएको छ ।

बैठकमा एकता प्रक्रियाका बाँकी काम, मन्त्रिमण्डल पुनर्गठन र सरकारले गरेको पछिल्लो राजनीतिक नियुक्तिका विषयमा छलफल हुने जनाइएको छ । सरकारले गत बिहिबार मुख्यसचिव नियुक्ति र विभिन्न ३ देशमा राजदुत सिफारिस गरेपछि अध्यक्ष दाहाल र उनी निकट नेताहरु असन्तुष्ट देखिएका छन् ।

सचिवालय बैठक शनिवार नै बोलाइएको भएपनि आवश्यक तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो । तर, यहिबीचमा प्रधानमन्त्रीका ४ जना सल्लाहकार सहित सुरक्षा दलका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि आइतबार बोलाइएको बैठकपनि स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!