बैंग्लोरलाई हराउँदै दिल्ली आईपीएलको शिर्ष स्थानमा

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । दुबईमा गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । उसका लागि मार्कस स्टोनिसले अविजित ५३ रन जोड्दा पृथ्वी शले ४२ रनको योगदान गरे । बैंगलोरका मोहमद सिराजले २ विकेट लिए ।

दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्रै बनाउन सक्यो । बैंगलोरका कप्तान विराट कोहलीले ४३ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । बैंग्लारलाई हराउन दिल्लीका कागिसो राबडाले ४ विकेट लिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ५ खेलबाट ८ अंक जोडेको छ । समान खेलबाट ६–६ अंक जोडेका मुम्बई र बैंगलोर क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । आईपिएल क्रिकेटमा आज मुम्बई इण्डीयन्सले राजस्थान रोयल्ससँग खेल्नेछ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *