ठाँटीकाँधका शिक्षक र अहेवले दिए ज्यान मार्ने धम्की (अडियो सहित)

मातृभूमी संवाददाता । २० असोज दैलेख
दैलेखको ठाँटीकाँध गाउँपालिकाका एक शिक्षक र अहेबले सोही ठाउँका अर्का शिक्षकलाई ज्यान मार्ने धम्की दिएका छन् । शिक्षक राज रोकाय र अहेब मिमराज थापाले सोही ठाउँका चक्र थापालाई ज्यान मार्ने धम्की दिएका हुन् ।
सोमबार साँझ मदिरा सेवन गरेका द्वय रोकाय र थापाले ज्यान मार्ने धम्की दिएको पीडित चक्रले जानकारी दिए । सम्बन्ध विच्छेद भइसकेको राजको बहिनीसँगको विषय जोडेर दुवै जनाले ज्यान मार्ने धम्की दिएको चक्रको भनाई छ । राज हिमशिखर माध्यमिक विद्यालय तातोपानी जुम्लामा पढाउँछन् भने मिमराज ठाँटीकाँधमा रहेको प्राथमिक स्वास्थ्य इकाइ केन्द्रमा अहेब पदमा कार्यरत रहेको चक्रले बताए ।
आफु वीरेन्द्रनगरमा रहेको बताउने चक्रले उनीहरु पनि वीरेन्द्रनगरमै रहेको र आफूलाई ज्यान मार्ने धम्की दिएपछि कानुनी उपचारमा रहेको जनाए । ‘विवाद केही पनि हैन चार वर्ष अघि नै मैले राजको बहिनीसँग विवाह गरेको थिए । पछि उहाँसँग सम्बन्ध विच्छेद भयो’ चक्रले भने, ‘अहिले त्यहीँ विषयलाई लिएर राज र मिमराजले मलाई ज्यान मार्ने धम्की दिँदा अन्यायमा परेको छु ।’
ठाँटीकाँधका शिक्षक र अहेवले दिएकाे ज्यान मार्ने धम्की (अडियो)

यता, अहेव मिमराज थापाले सामान्य कुरा भएको बताए । राजको प्रतिक्रिया लिन खोज्दा फोन नउठेपछि मिमराजले सक्षेपमा प्रतिक्रिया दिँदै भने ‘यति ठूलो विषय होला भन्ने लागेको थिएन, सामान्य रुपमै भनिएको कुरो हो अर्कै भइगएछ ।’
साभार–नेपाली रैवारवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *