नारायणको चलेन जाँगर, नौमूलेले वनाउँदै वाटो

मातृभूमी संवाददाता । २० असोज दैलेख
नौमूले गाउँपालिकाले वर्षा सकियसंगै चाडपर्वलाई लक्षित गर्दै नौमूले गाउँपालिकाका वडा लगाएत मुख्य सडकहरु मर्मत गर्ने कामलाई तिव्रता दिएको छ । गाउँपालिकाको निर्णय अनुसार चाड पर्व नजिकिदै गर्दा स्थानीयको आवत जावतलाई मध्य नजर गर्दै विभिन्न सडकहरु मर्मत गर्ने कार्यलाई तिव्रता दिएको हो ।
दैलेख सदरमुकाम देखि नौमूलेसम्मको सडकखण्ड अन्तरगत गाउँपालिकाले नौमूले तामे सडकलाई मर्मत गरेपनि नगरपालिका क्षेत्र भित्रको सदरमुकामदेखि तामेसम्मको सडक नाजुक हुदा यात्रुले सास्ती खेप्नु परेको छ । दैलेखदेखि नौमूले आउ जाउ गर्ने यात्रुले नगरपालिकाको सडक खण्डमा सास्ती भोग्नु परेपछि यस वर्ष पनि नौमूले गाउँपालिकाले नगरको सडक मर्मत गर्न थालेको छ ।
दैलेख सदरमुकामदेखि नौमूले सडक खण्डको सेतो पहिरोमा यस वर्ष ठुलो पहिरो गएपछि उक्त सडक विगत तीन महिना देखि अवरुद्ध भएको नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले वताए । उक्त सडक खण्ड अवरुद्ध भएपछि त्यस विषयमा नगरपालिका र प्रदेशमा जानकारी गराउँदा समेत कसैको सुनुवाई नभएपछि विकल्पको रुपमा गाउँपालिकाले भैसाखोर सडकलाई मर्मत गर्न लागेको अध्यक्ष वुढाको भनाई छ । ‘नारायण नगरपालिकाको भैसाखोर हुदै साना सवारी साधन चल्ने गरेपनि त्यस खडमा ठुला सवारी साधन जान मुस्कील पर्छ’ अध्यक्ष वुढाले भने, ‘चाड पर्व नजिकिएकाले व्यापारी, अन्य वाहिरी मुलुकवाट आउने नौमूले वासीको समस्यालाई ख्याल गर्दै हामिले नगरपालिकाको सोतको सडक मर्मत संगै चौडा गराउन लागेका हौं ।’ सडक जोखिम रहेको भन्दै गाउँपालिकाले भैसाखोर वजारदेखि सोत पिपलडाडासम्म सडक मर्मत कार्य सुरु गरेको अध्यक्ष वुढाले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *