नेापलमा काेराेना संक्रमितकाे संख्या ९० हजार नाघ्याे

मातृभूमी संवाददाता । २० असाेज काठमाण्डाै

नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ जना पुगेको पुगेको छ ।

पछिल्लाे २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११०४७ जनाको पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा २३४० जनाकोरोना मुक्त भइ डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६७५४२ रहेको छ ।

हाल देशभरी सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ जना रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ५ जना पुरुष र ४ जना महिला छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *