जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्ष सहित पाँच जनाको मृत्यु

मातृभूमी संवाददाता । २१ असोज दैलेख
जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्ष सहित पाँच जनाको मृत्यु भएको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिकाको लोड्नीमा वुधवार दिउसो भे १ ज ९३५ नम्बरको यात्रुवाहक जीप दुर्घटना हुदाँ वडाध्यक्ष सहित पाँच जनाको मृत्यु भएको हो । खलंगावाट जाँदै गरेको सो जिप सोहि गाउँपालिकाको वडा नं. १ लोड्नीमा दुर्घटना हुँदा जुनीचाँदे गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष अमर बहादुर शाही सहित ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।
जाजरकोटका प्रहरी प्रमुख किशोर श्रेष्ठले जिप दुर्घटनामा मृत्यु हुनेमा वडाध्यक्ष सहित सोही गाउँपालिका वडा नं. ५ का २९ वर्षिय कृष्णवहादुर शाही, वडा नं. ११ का ६० वर्षिय कृतिवहादुर शाही र ३० वर्षिय खेमवहादुर शाही, वडा नं. ५ की ३२ वर्षिया मालिका वस्नेत रहेको जानकारी दिएका छन् । उनका अनुसार दुर्घटनास्थलमा प्रहरी टोली पुगी शव निकाल्नुको साथै १ जना घाईतेको जिवितै उद्धार गरिएको छ ।
जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले स्थानीयको अवरोधका कारण उद्धारमा खटिएका प्रहरीलाई जिपमा सवार थप व्यक्तिको खोजी गर्न समस्या भईरहेको बताएका छन् । सो जीप सडकबाट करीव ५ सय मिटर तल खसेको वताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *