दैलेखका ४ स्वास्थ्य संस्था आधारभुत अस्पताल निर्माणका लागि छनौट

मातृभूमी संवाददाता । २१ असोज दैलेख
दैलेख जिल्लाका ४ वटा स्वास्थ्य संस्था आधारभुत अस्पताल निर्माणका लागि छनौट भएका छन् । दैलेख जिल्लाका ४ स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई अस्पताल निर्माणका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छनौट गरेर आवश्यक वजेट विनियोजन गरेको छ । दैलेखको गुराँस गाउँपालिकाको रतिखोला स्वास्थ्य चौकी, नौमूले गाउँपालिकाको नौमूले प्राथमिक स्वास्थ्य केन्द्र, महावु गाउँपालिकाको गैडावाज स्वास्थ्य चौकी र चामुण्डा विन्द्रासैनी नगरपालिकाको लयाँटिविन्द्रासैनी स्वास्थ्य चौकीलाई आधारभुत अस्पताल निर्माणका लागी मन्त्रालयले छनौट गरी वजेट विनियाेजन गरेकाे प्रतिनिधी सभा सदस्य पार्वति विशुन्केले जानकारी दिएकी छन् ।
गुराँस गाउँपालिकाको रतिखोला स्वास्थ्य चौकीलाई १५ शैयाको आधारभुत अस्पताल निर्माणका लागी १ करोड, नौमूले गाउँपालिकाको नौमूले प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको आधारभुत अस्पताल निर्माणका लागी १ करोड, महावु गाउँपालिकाको गैडावाज स्वास्थ्य चौकीलाई १० शैयाको आधारभुत अस्पताल निर्माणका लागी ८५ लाख र चामुण्डा विन्द्रासैनी नगरपालिकाको लयाँटिविन्द्रासैनी स्वास्थ्य चौकीलाई १५ शैयाको आधारभुत अस्पताल निर्माणका लागी १ करोड रकम विनियोजन भएको प्रतिनिधी सभा सदस्य विशुन्केले जानकारी दिईन् ।

उनले भनिन्, ‘निकै मिहिनेतका साथ उक्त स्वास्थ्य संस्थामा वजेट पार्न सफल भएका छाैँ । स्वास्थ्य संस्थालाइ आधारभुत अस्पताल निर्माण गर्नका लागी वजेट छुट्याउन निकै पापड वेल्नु पर्याे ।’ यता आफ्नो स्थानीय तहमा १५ शैयाको आधारभुत अस्पताल निर्माण गर्न संघिय सरकारले वजेट विनियोज गरेपछि खुसी भएको चामुण्डा विन्द्रासैनीका स्थानीयले वताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *