नेपालमा एकैदिन ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रण, सक्रिय संक्रमित २५ हजार वढि

मातृभूमी संवाददाता । २१ असोज दैलख
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । बुधबार एकैदिन ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण भएको छ । एकैदिन संक्रमित हुनेको संख्या हाल सम्मकै उच्च हो ।
यो सहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ९४ हजार २ सय ५३ पुगेको छ । बुधबार १ हजार १ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म डिस्चार्ज हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार २ सय ९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
हाल नेपालमा संक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ८४ जना संक्रमित भएका छन् । काठमाडौंमा १ हजार २ सय ९६, ललितपुरमा २ सय ९३ र भक्तपुरमा ९५ जना संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *