दैलेखका ४ सहित कर्णालीका ६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ हजार नाघ्यो

मातृभूमी संवाददाता । २१ असोज दैलेख
कर्णाली प्रदेशमा आज (वुधवार) ६९ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै कर्णालीमा संक्रमित हुनेको संख्या ४ हजार नाघेको छ । बुधबार ६९ जनामा कोरोना पुष्टि भएसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ३७ पुगेको हो । वुधवार प्रदेश अस्पताल र पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ६४ जना, दैलेख अस्पतालमा ४ जना र रुकुमपश्चिममा १ जना गरेर ६९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४४ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किका छन्् । यो सँगै हालसम्म कोरोना जितेर घर फर्किने संख्या ३ हजार २ सय २९ पुगेको छ । कर्णालीमा अहिले संक्रिय कोरोना संक्रमितको संख्या ७ सय ८२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सक्रिय कोरोना संक्रमित रहेका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको वुझिएको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना पुष्टि भएका १० जनाको मृत्यु भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *