वर्षेनी नगरको सडक मर्मत गर्दै नौमूले

नारायण नगरपालिकाको वडा नं. ५ अन्तरगत भैसाखेर विनी सडक मर्मत गर्दै नौमूले गाउँपालिका । तस्विर-मातृभूमी

मातृभूमी संवाददाता । २३ असोज दैलेख
नौमूले गाउँपालिकाले वर्षा सकियसंगै चाडपर्वलाई लक्षित गर्दै नौमूले गाउँपालिकाका वडा लगाएत मुख्य सडकहरु मर्मत गर्ने कामलाई तिव्रता दिएको छ । गाउँपालिकाको निर्णय अनुसार चाड पर्व नजिकिदै गर्दा स्थानीयको आवत जावतलाई मध्य नजर गर्दै विभिन्न सडकहरु मर्मत गर्ने कार्यलाई तिव्रता दिएको हो ।
दैलेख सदरमुकाम देखि नौमूलेसम्मको सडकखण्ड अन्तरगत गाउँपालिकाले नौमूले तामे सडकलाई मर्मत गरेपनि नगरपालिका क्षेत्र भित्रको सदरमुकामदेखि तामेसम्मको सडक नाजुक हुदा यात्रुले सास्ती खेप्नु परेको छ । दैलेखदेखि नौमूले आउ जाउ गर्ने यात्रुले नगरपालिकाको सडक खण्डमा सास्ती भोग्नु परेपछि यस वर्ष पनि नौमूले गाउँपालिकाले नगरको सडक मर्मत गर्न थालेको छ ।
दैलेख सदरमुकामदेखि नौमूले सडक खण्डको सेतो पहिरोमा यस वर्ष ठुलो पहिरो गएपछि उक्त सडक विगत तीन महिना देखि अवरुद्ध भएको नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले वताए । उक्त सडक खण्ड अवरुद्ध भएपछि त्यस विषयमा नगरपालिका र प्रदेशमा जानकारी गराउँदा समेत कसैको सुनुवाई नभएपछि विकल्पको रुपमा गाउँपालिकाले भैसाखोर सडकलाई मर्मत गर्न लागेको अध्यक्ष वुढाको भनाई छ । ‘नारायण नगरपालिकाको भैसाखोर हुदै साना सवारी साधन चल्ने गरेपनि त्यस खडमा ठुला सवारी साधन जान मुस्कील पर्छ’ अध्यक्ष वुढाले भने, ‘चाड पर्व नजिकिएकाले व्यापारी, अन्य वाहिरी मुलुकवाट आउने नौमूले वासीको समस्यालाई ख्याल गर्दै हामिले नगरपालिकाको सोतको सडक मर्मत संगै चौडा गराउन लागेका हौं ।’ सडक जोखिम रहेको भन्दै गाउँपालिकाले भैसाखोर वजारदेखि सोत पिपलडाडासम्म सडक मर्मत कार्य सुरु गरेको अध्यक्ष वुढाले वताए ।
नौमूले गाउँपालिकाले गत वर्ष पनि नारायण नगरपालिकाको यहि सडक खण्डमा ७ लाख ७५ हजार रकम लागतमा सडक मर्मत गरेको थियो । नारायण नगरपालिकाले दैलेख तामे सडक खण्डमा विगत देखिनै चासो नदिदा नगरपालिकाका ५ र ४ नं. वडावासीले समेत सास्ती भोग्नुपर्ने वाध्यता अहिले पनि कायमै रहेको छ । नगरले यो सडकमा चासो नदिदा नारायण नगरका केही वडाका नागरिकहरु लगायत नौमूलेवासीले समेत ठूलो सास्ती खेप्नु परेको पुनः वताउँछन् अध्यक्ष वुढा । ‘चाड पर्वमा नौमूलेवासीको ढुक्कसंग यात्रा होस् भन्दै यो सडकलाई मर्मत गर्न लागेका हौं’ अध्यक्ष वुढाले भने, ‘यो सडक मर्मत भएसंगै नौमूले क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रमा आन्तरिक पर्यटकको पनि चहलपहलमा हुन्छ ।’ आगामी दिनमा पनि अन्य सडक अवरुद्ध भएपनि यो सडक नौमूलेको लागि छोटो र दिगो हुने भएकाले विकल्पको रुपमा यसलाई नौमूले गाउँपालिकाले चासोका साथ हेरिरहेको अध्यक्ष वुढाले वताए ।
उक्त सडक खण्डमा पर्ने नारायण नगरपालिका वडा नं. ५ को भैसाखोर विनी सडक यो वर्ष सडक मर्मतका लागि २ लाख रकम विनियोजन भएकोमा उक्त सडक नौमूले गाउँपालिकाले वनाउने भएपछि अन्य स्थनमा सडक मर्मत गर्न सहज हुने उक्त वडाका वडा अध्यक्ष लालबहादुर वस्नेतले वताए । अवरुद्ध सडकको विषयमा अन्य निकायसंग छलफल गर्दै कुनै कतैवाट पनि सुनुवाई नभएपछि नौमूले गाउँपालिकाका अध्यक्ष सडक मर्मतका लागि समन्वय गर्न वडामा आएको वडाअध्यक्ष वस्नेतले वताए । नौमूले गाउँपालिकाले गर्दा आफुलाई वडामा निकै सहज समेत भएको उनले वताए । नौमूले गाउँपालिकाले नगरमा आएर सडक मर्मत गर्नु यहाँको लागि त राम्रै हो तर यो सडकमा नगरपालिकाले चासो नदिनु भनेको लाजमर्दो भएको उनको भनाई छ ।
उता नारयण नगरपालिकाले भने उक्त सडक वानाउने नौमूलेको मात्र जिम्मेवारी भएको ठान्ने गरेको छ । नगरपालिकाले अन्य स्थानका ससडकलाई जसरी त्यस सडकलाई चासो दिएको पाइदैन । वने राम्रै छ नवने नौमूलेवासीलाई त धोका हुने हो भन्ने व्यवहार नगरपालिकाले गरेको वताउँछन् नौमूले गाउँपालिका २ का वडा अध्यक्ष मोतिलाल खत्री । नगरपालिकाले चासो नदिदाँ नगरको सडकमा नौमूलेवासीले ठुलो दुख पाएको अध्यक्ष खत्रीले वताए ।

याे पनि पढ्नुहाेस् । नारायणकाे चलेन जाँगर, नाैमूलेले वनाउँदै वाटाे

नौमूले सडक खोलेको १०÷१५ वर्ष वितिसक्दा पनि सडकको स्तर झन् झन नाजुक वन्दै भएको वताउँछन् लामो समयदेखि दैलेख नौमूले सडक खण्डमा सवारी चलायका चालक कुलविर खत्री । ‘स्थानीय तह भयसंगै दैलेख नौमूले सडक खण्डको नौमूले क्षेत्रको तामे नौमूले सडकको स्तरवृद्धि त भयो’ उनले भने, ‘तर नगरपालिकाको तामे देखि दैलेख सदरमुकामको सडकको स्थीती हेर्ने हो भने नेता भन्न पनि लाज लाग्छ ।’
नारायण नगरपालिकाका नगर प्रमुख रत्न खड्काले दैलेख नौमूले सडक खण्डको सेतो पहिरोमा यो वर्ष ठूलो पहिरो गएर सडक अवरुद्ध भएपनि थोरै घुमेर जानुपर्ने अवस्था भएको वताए । विकल्पको रुपमा अर्को सडकवाट घुमाउरो भएपनि आवगमन नरोकिएको प्रमुख खड्काको भनाई छ । उक्त सडकको विषयमा सामाजिक विकास मन्त्रालयसंग पनि सहकार्य गरिरहेको र यो वर्ष मात्र उक्त सडकका लागि ३ करोडको टेण्डर भएको नगर प्रमुख खड्काको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *