विद्यार्थीको छातवृद्धिमा प्रअको घोटाला

मातृभूमि संवाददाता । २३ असोज, दैलेख
नारायण नगरपालिका ११ विन्ध्यावासी काडाको एक विद्यालयमा छात्रवृद्धि वितरणमा प्रध्यानाध्यापकले घोटाला गरेको पाइएको छ । रैनादेवी आधारभुत विद्यालयका प्रध्यानाध्यापकले छात्रवृद्धि रकम वितरण गर्ने क्रममा घोटाला गरेको पाइएको हो ।
रैनादेवी आधारभुत विद्यालयका प्रध्यानाध्यापक मानवहादुर कटुवालले प्रति विद्यार्थी ३४ रुपैंयाका दरले १ सय १९ जना विद्यार्थीको छात्रवृतिमा घोटाला गरेको स्थानीय नरेन्द्र अधिकारीले वताए । अधिकारीले भने, ‘छात्रवृति पाउने विद्यार्थीलाई ४ सय ८४ रुपैयाँको भरपाई वनाएको र विद्यार्थीलाई ४ सय ५० रकम वुझाएका छन् ।’ यसरी प्रअ जस्तो व्यक्तिले विद्यार्थीलाई आएको रकममा किर्ते भरपाई वनाई ठग्न खोज्नु भनेको विद्यालय माथिनै प्रश्न चिन्ह् खाडा भएको स्थानीय अधिकारीले वताए ।
यस विषयमा नारायण नगरपालिका दैलेखका शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले आफुलाई यसवारेमा जानकारी आएको र प्रअलाई शिक्षा शाखामा वोलाईएको वताए । उनले नगरपालिकाले प्रति विद्यार्थी ४ सयका दरले निकासा दिएको र उक्त विद्यालयमा विद्यार्थीले विद्यालय छोडे वा अन्यत्र पढ्न गएको भए वचेको रकम विद्यालयको खातामा राख्न भने पनि सो हुन नसकेको वताए । तर विद्यालयले ४ सय ८४ को भरपाई वनाई ४ सय ५० रुपैयाँ विद्यार्थीको हातमा परेको प्रति आपति जनाए ।
उता आफ्नो वचाउ गर्दै विद्यालयका प्रअ कटुवालले आफुहरुले प्रति विद्यार्थी ४ सय दिनुपर्नेमा वढि रकम गएकाले अहिले छात्रवृति वितरण गर्न रोकिएको वताए । आफुहरुको गलत वुझाईका कारण विद्यार्थीलाई वढि रकम दिएको वहाना वनाउँछन् प्रअ कटुवाल । उनका अनुसार अहिले छात्रवृति वितरणको काम रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *