नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, मृतककाे संख्या ६ सय

मातृभूमी संवाददाता । २३ असाेज काठमाण्डाै

नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर ७३२ महिला र १,३२७ पुरुष गरी २,०५९ जना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १००,६७६ पुगेको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

थपिएका संक्रमितमा काठमाडौंका मात्रै १,११६ जना रहेका छन् । ललितपुरमा १६३ र भक्तपुरमा १३० जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ५६ जिल्लाका २,०५९ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, मृत्यु हुनेको संख्या ६०० पुग्यो

थप १,६८० ‘डिस्चार्ज’
पछिल्लो २४ घन्टामा देशभरबाट १,६८० जना ‘डिस्चार्ज’ भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ७३,०२३ पुगेको छ ।

थप १० जनाको मृत्यु
पछिल्लो २४ घन्टामा देशभित्र कोरोनाका कारण एक महिला र नौ पुरुष गरी १० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुगेको मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमित २७,०५३
देशभर ३१८ जना ‘आईसीयू’मा र ७५ जना भेन्टिलेटरमा उपचाररत् छन् । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । सक्रिय संक्रमित ‘होम’ र संस्थागत ‘आइसोलेसन’मा रहेका छन् । पछिल्लो २४ घन्टामा १३,२७९ ओटा स्वाब नमुनाको ‘पीसीआर’ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *