महंगीको मारमा उपभोक्ता, भएन अनुगमन

मातृभूमी संवाददाता । २४ असोज दैलेख
दैलेख सदरमुकाम लगाएत अन्य व्यापारी केन्द्रहरुमा वर्षेनी चाडपर्वको बेलामा मात्र हुने बजार अनुगमनले उपभोक्ता मारमा परेका छन् । हिन्दु धर्मावलम्बीहरूको महान पर्व दशैं, तिहार नजिकिँदै गर्दा वन्द रहेको वजार व्यवसाय खुलेसंगै बजार अनुगमनमा सम्बन्धित निकायले चासो नदिँदा उपभोक्ता मारमा परेका हुन् ।
दैलेख बजार लगायत नौमूले, वेस्तडा, चुप्रा, डुंगेश्वर, दुल्लु लगायत अन्य व्यापारी केन्द्रहरुमा वजार अनुगमन नहुँदा व्यापारीको मनोमानी चल्ने गरेको उपभोक्ताहरुले गुनासो गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालयले मौसमी रुपमा गर्ने अनुगमनले उपभोक्तालाई खासै राहत नमिले पनि व्यापारी भने केहि हदसम्म सचेत हुने गरेको उपभोक्ताको भनाई छ । उपभोक्ताको हितको लागि सम्वन्धित निकायले चाड पर्वमा मात्र नभई वेला वेलामा वजार अनुगमन गर्न आवश्यक रहेको वताउँछन् नारायण नगरपालिका ६ का स्थानीय भरत खत्री ।
चाड पर्व नजिकिदै गर्दा वजामा मिसावट गरिएका अखाद्य वस्तुको बिक्री वितरण, मुल्य वृद्धि जस्ता ठगीको धन्दा हुने भएकाले तत्काल सम्बिन्धित निकायले अनुगमन गर्न जरुरी रहेको स्थानीय खत्रीको भनाई छ । जिल्ला प्रशासनलगायतले बजार अनुगमन समय समयमा नगर्दा उपभोक्त ठगिदै आएको उपभोक्तको दुखेसो छ । ‘दैलेख सदरमुकामको प्रमुख बजार नै अनुगमन छैन्’ स्थानीय खत्रीले भने, ‘झन् ग्रामीण भेगका व्यापारी केन्द्रको हालत के होला त्यस भेगका उपभोक्ता वढि मारमा परेका छन् ।
चाड पर्व मात्र नभाई समय समयमा सम्बन्धित निकायले वजार अनुगमन गरिदिएको भए व्यापारी पनि सचेत हुने ठाटिकाँध गाउँपालिकाका स्थानीय कलमबहादुर शाहीको तर्क छ । ‘बजार अनुगमन नहुँदा व्यापारीलाई मनपरी व्यापार गरिरहेका हुन्छन्’ स्थानीय शाहीले भने, ‘वेला वेला वजार अनुगमन भइदिएको भए हामि जस्ता उपभोक्तालाई ठुलो राहत ह्ुने थियो ।’ ग्रामिण भेगका स्थानीय उपभोक्ताले मुल्य सूचि समेत थाहा नपाउनाले धेरै उपभोक्ताहरु व्यापारीवाट ठगिने गरेको स्थानीय शाही ले वताए । ‘हामिलाई न मुल्य सूची थाहा हुन्छ न त म्याद गुज्रीयका सामान थाहा हुन्छ, आवश्यकता अनुसार किनेर ल्याउने हो’ उनले भने, ‘व्यापारीले जति भन्यो त्यतीनै मूल्य तिर्नु पर्छ, जस्तो दिएपनि लैजानै पर्छ यसमा हाम्रो हितको लागि प्रशासनले वेला वेलामा अनुगमन गर्न आवश्यक छ ।’
उता जिल्ला प्रशासन कार्यालयले भने चाड पर्व नजिकियसंगै वजार अनुगमन गर्ने समय आएको वताएको छ । पहिला कोरोनाले गर्दा बन्द गरिएका व्यपार व्यवसाय बेहि खुकुलो भएसंगै वजार अनुगमन गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी सत्तबहादुर सुनारले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *