प्रभावकारी सचेतना जरुरी डा. पन्त

मातृभूमी संवाददाता । २६ असोज दैलेख
स्वास्थ्य सेवा कार्यालय दैलेखका इञ्चार्ज डा. निरञ्जन पन्तले एचआईभी/एड्स संक्रमण रोकथाम र संक्रमितहरुप्रति हुने लाञ्छना, भेदभाव र हेलाँको व्यवहार हटाउन प्रभावकारी सचेतना जरुरी रहेको बताएका छन् ।
नागार्जुन डेभलपमेण्ट कम्यूनिटी (एनडीसी)को आयोजनामा दैलेखमा आज भएको एचआईभी/एड्स भएका व्यक्तिको मानव अधिकार पैरबी सम्वन्धी छलफल कार्यक्रममा उनले यस्तो वताएका हुन् ।
रोजगारका लागी परदेश पुगेका पुरुषको लापरवाहीले एचआईभी/एड्स रोग भित्रिने तर घरमा बसेको महिलाले अपहेलना बढी खेप्नु परेको डा. पन्तले वताए । संक्रमण रोकथामका लागि प्रभावित क्षेत्रमा सञ्चार सुविधा अभाव र ज्ञानको कमी रहेको उनले टिप्पणी गरे ।
त्यस्तै नागार्जुन डेभलपमेण्ट कम्यूनिटी (एनडीसी)का कार्यकारी निर्देशक जगदीशचन्द्र भट्टले परदेशमा रोजगारी गर्न जाँदा एचआईभी÷एड्स रोग भित्रिनु देशको गरिबी कारक भएको बताए । समस्या हटाउन देशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने धारणा राखे ।
एडीसीका कार्यक्रम अनुगमन तथा मूल्यांकन व्यवस्थापक खेमराज जोशीले एचआईभी/एड्स भएका व्यक्तिहरुप्रतिको भेदभाव तथा हेयभाव सून्य पार्न संस्थाले सञ्चार माध्यमबाट सार्वजनिक सरोकारका सन्देश प्रसारण गर्ने, प्रकाशन गरिएका सूचना सामग्रीहरु वितरण र समुदायमा सचेतना कार्यक्रमहरु राखिएको बताए ।
नागार्जुन डेभलपमेण्ट कम्यूनिटी (एनडीसी)ले एचआईभी/एड्स भएका व्यक्तिहरुप्रतिको भेदभाव तथा हेयभाव सून्य पार्न सातै प्रदेशसभाका सदस्यहरुलाई सरकारको नीति निर्माण, जनचेतना मूलक सन्देश प्रवाह लगाएका कामहरु एचआईभी/एड्स प्रभावित ४१ जिल्लामा काम गर्दै आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *