नेपालमा हालसम्म ६४५ कोरोना संक्रमितको मृत्यु

मातृभूमी संवाददाता । २६ असोज दैलेख
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भइ १४७३ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाबाट १४ हजार ५३० जनाको पीसीआर परीक्षण गरिएको छ । काठमाडौं उपत्यकामा २२८३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!