मुम्वई आईपिएल क्रिकेटको शिर्ष स्थानमा, कोलकाता ८ विकेटले पराजित
कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराउँदै साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्र्तगत गएराति आबुधाबीमा भएको खेलमा मुम्बई ८ विकेटले विजयी भयो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन मात्रै बनायो । उसका लागि प्याट कुमिन्सले अविजित रहँदै ५३ रन जोड्दा कप्तान इओन मोर्गन ३९ रनमा अविजित रहे । बलिङतर्फ मुम्बईका राहुल चाहरले २ विकेट लिए । जवाफमा १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा २ विकेट मात्र गुमाएर पुरा गर्यो । मुम्बईको जितमा दक्षिण अफ्रिकी खेलाडी क्विन्टन डी ककले अविजित रहदै ७८ रनको महत्वपूर्ण योगदान गरे ।
जितसँगै मुम्बई जारी लिगमा ८ खेलबाट १२ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको हो । समान १२ अंक जोडेको दिल्ली क्यापिटल्स नेट रन रेटका आधारमा दोस्रो स्थानमा झरेको छ । आईपिएल क्रिकेटमा आज दुई खेल हुनेछन् । सारजहामा दिल्लीले चेन्नाई सुपर किङ्ससँग खेल्दा दुबईमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्नेछन् ।
एजेन्सी