नेपालमा थप ५ हजार ७ सय ४३ जना कोरोना संक्रमित, २६ जनाको मृत्यु
मातृभूमी संवाददाता । ०५ कार्तिक दैलेख
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा २० हजार १ हजार १८ जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार ९ सय ९६ रहेको छ । योसँगै हालसम्म ९९ हजार ६ सय ५ जना निको भई डिस्चार्ज भएका छन् । हाल ४४ हजार ४ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै काठमाडौं उपत्यकामा थप ३ हजार १ सय ७ जना कोरोना संक्रमित भएका छन् । काठमाडौंमा २ हजार ३ सय ९१, ललितपुर ५ सय ४३ र भक्तपुरमा १ सय ७३ जना संक्रमित थपिएका छन् ।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा २६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मुत्यु हुनेका जम्मा संख्या ७ सय ९१ पुगेको छ ।