आईपिएल टि–ट्वान्टि क्रिकेटमा बैंगलोरको सातौं जित, कोलकता ८ विकेटले पराजित

मातृभूमी संवाददाता । ०६ असोज काठमाण्डौ
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सातौं जित निकालेको छ । अबुधाबीमा हिजो राति भएको खेलमा कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले सातौं जित निकालेको हो ।
कोलकताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले १३ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । बैंगलोरको जितमा देबदुत पड्डीकलले २५ रन जोड्दा आरोन फिन्चले १६ रन बनाए । यस्तै गुर्किरात सिंह २१ रनमा अविजित रहदा कप्तान विराट कोहली १८ रनमा अविजित रहे । कोलकताका लक्की फर्गुसनले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन बनाएको थियो । कोलकताका लागि कप्तान इयान मोर्गनले सर्वाधिक ३० रन बनाए । लक्की फर्गुसनले अविजित १९ रन जोड्दा कुलदिप यादबले १२ रन बनाए । त्यस्तै टम बानटनले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । कोलकतालाई सस्तैमा समेट्न बैंगलोरका मोहमद सिराजले ८ रन खर्चिएर ३ विकेट लिए ।
यस्तै युजभेन्द्र चाहलले २ तथा नाभदिप शैनी र वासिङ्गटन सुन्दरले १/१ विकेट लिए । यससँगै बैंगलोरले कोलकतामाथि लगातार दोस्रो खेलमा जित निकालेको छ । सिजनको पहिलो भेटमा बैंगलोरले कोलकतालाई ८२ रनले हराएको थियो । कोलकतालाई हराएसँगै बैंगलोर तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । बैंगलोरले १० खेलमा ७ जितसहित १४ अंक जोडेको छ । कोलकताले भने १० खेलमा १० अंक जोडेको छ । कोलकता लिगको चौंथो स्थानमा यथावत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *