हत्या र आत्महत्या दुरुत्साहनको घटनामा ४ जना पक्राउ

मातृभूमी संवाददाता । १४ कात्तिक दैलेख
दैलेखका व्यक्ति हत्या र आत्महत्य दुरुत्साहनका दुई घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । दैलेखको नौमूले गाउँपालिका १ का भुपेन्द्र शाहीको हत्या आरोपमा ३ जना र दुल्लु नगरपालिका १० की उर्मिला विष्ट शाहीको आत्महत्या दुरुत्साहनमा उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको हो ।
नौमुले गाँउपालिका १ को तोली राईलीका ३९ वर्षीय भूपेन्द्रबहादुर शाहीको हत्याको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पीडित पक्षको लिखित जाहेरी र प्रारम्भिक अनुसन्धानका आधारमा आरोपीलाई घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले मातृभूमी अनलाईनलाई ईमेल मार्फत जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा कालीकोटको महाबै गाँउपालिका ४ डिल्लीकोट घर भई हाल दैलेखको नौमुले गाँउपालिका १ को तोली राईली बस्ने ३२ वर्षीय वीरबहादुर शाही, ३७ वर्षीय बलबहादुर सिंह र २५ वर्षीय प्रेमबहादुर बस्नेत रहेका छन् । बुधवार साँझ लाठी र मुक्का प्रहारबाट शाहीको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
यस्तै दैलेखको दुल्लु नगरपालिका १० गमौडीकी २५ वर्षीया उर्मिला विष्ट शाहीले आत्महत्या गर्नुमा श्रीमान भूपेन्द्र शाहीको हात रहेको भन्दै प्रहरीले पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको छ । गएको कात्तिक ७ गते मुसा मार्ने विषादी खाएकी उर्मिलाको दुल्लु अस्पतालमा उपचारको क्रममा बुधबार ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *