चेन्नाईद्धारा कोलकाता पराजित, मुम्बई प्ले अफमा, कोलकातालाई धक्का

मातृभूमी संवाददाता । १४ कात्तिक काठमाण्डाै

साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको प्ले–अफमा प्रवेश गरेको छ । युएईको दुबईमा गएराति भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेपछि मुम्बई प्ले अफमा पुगेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो । तालिकाको पुछारमा रहेको चेन्नईले कोलकातालाई हराएपछि शीर्ष स्थानको मुम्बई प्ले अफ पुग्ने पहिलो टिम बनेको हो ।

मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । अब बाँकी रहेका २ खेल गुमाए पनि मुम्बई शीर्ष चारभित्रै रहनेछ । मुमबईपछि अब तिन टिम प्लेअफमा पुग्नेछन् । यसका लागि ६ टोलीचिब प्रतिस्पर्धा जारी छ । तालिकाको दोस्रो स्थानको रोयल च्यालेन्जर्स बैंगलोर र तेस्रो स्थानको दिल्ली क्यापिटल्सले १२ खेलमा १४ अंक जोडेका छन् ।

यस्तै चौंथो स्थानको किङ्स इलाभेन पन्जाब र पाँचौ स्थानको कोलकाताको समान १२–१२ अंक छ । सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको पनि प्ले अफ पुग्ने गणितिय सम्भावना जिवित छ । चेन्नई भने प्रतियोगिताबाट बाहिरिसकेको छ । आईपिएल क्रिकेटको १३ औं संस्करणसम्म आईपुग्दा चेन्नाई प्ले अफ्मा पुग्न नसकेको यो पहिलो पटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *