पूर्वसभामुख महरा पत्नीको कोरोनाका कारण मृत्यु

मातृभूमी संवाददाता । १९ कार्तिक काठमाण्डाै

पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको वुधवार बिहान निधन भएको छ । माइस्थेनिया रोगबाट विगत १० वर्षदेखि पीडित उनको कोरोनाका कारण उपचारको क्रममा निधन भएको हो ।  काठमाडौंको नर्भिक हस्पिटलमा यहि १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको आज बिहान ६ बजेर २५ मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ ।

दशैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो । उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

सीता महरा वि.सं. २०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा जन्मिएकी हुन् । उनको कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *